IME Life

बाढी पहिरो प्रभावित किसानलाई सरकारले क्षतिपूर्ती उपलब्ध गराउने

SPIL
NIC ASIA

काठमाडौं। सरकारले हालैको भीषण वर्षा र पहिरोका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउने भएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले क्षतिको आधारमा सरकारले किसानलाई राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषद्ले पूर्णरुपमा बालीनालीमा क्षति भएको अवस्थामा बढीमा दश कठ्ठासम्म जग्गा भएका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशत राहत दिने निर्णय गरेको छ । दश कठ्ठादेखि तीन बिघा क्षेत्रफलसम्म जग्गा भएका किसानलाई अधिकतम ३० प्रतिशत राहत वितरण गरिनेछ ।
३ बिघाभन्दा बढी र आंशिक क्षति भएका किसानको लागी क्षति भएको रकमको अधिकतम २० प्रतिशतसम्म राहत वितरण गर्नेछ ।

Prabhu
Crest

नेपाल सरकारले अन्नबालीको लागी कायम गरेको न्यूनतम समर्थन मूल्यको आधारमा किसानलाई उत्पादन लागत बराबर क्षतिपूर्ती दिने भएको हो । क्षतिपूर्ती सम्बन्धमा कार्यविधि तयार पार्नको लागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा गठन गरिने कार्यदललाई पाँच दिनको समयावधि दिने निर्णय समेत भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS