IME Life

नबिल बैंकद्धारा गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासगँ दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको हो ।

बैकका संचालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउपालिकामा आज आयोजित एक कार्यक्रमबिच नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष राजेन्द्र बिक्र्रम बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

उक्त साझेदारी मार्फत स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई उद्यमका लागि गाउँपालिकाको सिफारीसमा बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

उक्त कार्यक्रममा बोल्दै बैंक संचालक अधिकारीले यस सम्झौताले गजुरी गाउँपालिकामा रोेजगारी सृजना र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्र्रम बस्नेतले नबिल बैंकको  दिगो  बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियोे बनाउने धारणा ब्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष सिता ढुंगानाले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम ल्याएकोमा नबिल बैंकलाई धन्यवाद दिदै वित्तीय पहुँचलाई महिला तथा विपन्न वर्ग लक्षित बनाउनु पर्ने र त्यसका लागि गाउँपालिकाको सधै सहयोगरहने समेत बताइन् ।

उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउ“पालिकाबासीहरुकँे समेत उपस्थिती रहेको थियँे ।

नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS