IME Life

कूल जनसंख्याको २८ प्रतिशत बीमाको दायरामाः बीमा समिति

SPIL
NIC ASIA

काठमाण्डौं । एक वर्षको अवधिमा जीवन बीमाको दायरामा समेटिएको जनसंख्याको प्रतिशत २८ प्रतिशतभन्दा माथि उक्लिएको छ । बीमा समितिले जारी गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्म (असोज मसान्त) मा वैदेशिक रोजगार बीमालेख सहित कूल जनसंख्याको २८.१५ प्रतिशत जनसंख्या बीमाको दायरामा समेटिएको छ ।

बीमा समितिले जारी गरेको बीमा क्षेत्रको २०७८ असोज मसान्तसम्मको तथ्यांक अनुसार बीमाको दायरामा समेटिएको जनसंख्या आर्थिक वर्ष २०७७/७८ असोज मसान्तसम्मको तुलनामा बीमाको दायरामा थप ३.२ प्रतिशत जनसंख्या समेटिएको छ । कूल जारी बीमालेख संख्याको आधारमा समेटिएको प्रतिशत गणना गरिएको हो ।

Prabhu
Crest

बीमा समितिका अनुसार वैदेशिक रोजगार बिमालेख सहित पाँच प्रतिशत घटाएर लिएको बीमालेख संख्या ८५ लाख ८६ हजार १ सय ९३ रहेको छ । बीमाको दायरामा समेटिएको जनसंख्या प्रतिशत गणना गर्दा कूल जनसंख्या ३ करोड ४ लाख ९७ हजार मानिएको छ । वैदेशिक रोजगार बीमालेखको संख्या हटाउँदा बीमाको दायरामा समेटिएको जनसंख्या २३.३६ प्रतिशत रहेको बीमा समितिले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

समिक्षाअवधिमा १८.२८ प्रतिशतले जीवन बीमाशुल्क आम्दानीमा वृद्धि गरेका जीवन बीमा कम्पनीहरुको बीमालेख संख्यामा १४.५० प्रतिशतले वृद्धि भएर ९० लाख ९ हजार २ सय ७७ पुगेको छ । तर निर्जीवन बीमा निर्जीवन बीमकले जारी गरेको बीमालेख संख्या ०.१९ प्रतिशतले गिरावट आएर ३ लाख ३२ हजार ३ सय ५९ मा सीमित भएको छ । कोरोना महामारीको बिमालेख जारी नगरिएको कारणले निर्जीवन बीमा कम्पनीबाट जारी बिमालेख संख्यामा गिरावट आएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS