IME Life

धितोपत्र बोर्डको अध्यक्ष बन्न चाहनेलाई व्यवसायिक योजना सहित निवेदन पेश गर्न अर्थमन्त्रालयको आह्वान

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । उक्त समितिले १५ दिन भित्रमा अध्यक्ष बन्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई गोप्य सिलबन्दी आवेदन पेश गर्न सार्वजनिक सूचना आह्वान गरेको छ ।

मन्त्रालयले हिजो मात्रै राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको अध्यक्षतामा अर्थसचिव मधु मरासैनी र विज्ञ सदश्य डा. नारायण प्रसाद पौडेल सहितको तीन सदस्य छनोट तथा सिफारिस समिति गठन गरेको थियो ।

Prabhu
Crest

अध्यक्ष बन्न इच्छुक नेपालीले आफ्नो योग्यता पुग्ने कागजपत्रका साथै व्यवसायिक कार्ययोजना समेत पेश गर्नु पर्नेछ । धितोपत्र बोर्डको अध्यक्षका लागि बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, बाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा सात वर्ष काम गरेको अनुभव हुनु पर्ने छ । दरखास्त आवेदन सँगै तीन हजार रुपैयाँ दरखास्त दस्तुर तिर्नु पर्नेछ ।

बोर्डको अध्यक्षको दौडमा बीमा समितिका यस अगाडीका अध्यक्ष चिरञ्जीवि चापागाई, धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, उप निर्देशक डा. नवराज अधिकारी लगायत दौडमा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS