IME Life

ब्रोकरले शेयर सप्लाइ बढाउदा तिव्र उतारचढाव, एकाएक किन बढ्यो शेयर बजार ?

SPIL
NIC ASIA

काठमाडौं । लगातार एक सातासम्म शेयर बजार सुधार हुँदा ब्रोकरहरुले आज शेयर बिक्री गरेका छन् । ब्रोकरहरुको सप्लाइ पछि बुधबार शेयर बजार तिव्र उताचढाव देखियो । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्त सँग चुनावका विषयमा छलफल सुरु गरे सँगै शेयर बजार बढ्न थालेको थियो ।

दशै पछि विस्तारै शेयर खरिद गर्न थालेका ब्रोकरहरुले आज शेयर बिक्री गरेका छन् । ब्रोकरहरुले शेयर सप्लाइ बढाएर बजार घटाउन खोजे पनि बुधबार बजार थप सुधार भयो । कारोबारको अन्तिम २० मिनेट अगाडी रातो भइसकेको बजार अन्तिम समयमा १८ अंकले सुधार भएर बन्द यो ।

Prabhu
Crest

गत भदौमा शेयर बिक्री गरेर बाहिरिएका लगानीकर्ताहरु पुनः बजारमा प्रवेश गरेका छन् । दशै तिहारका लागि सामान आयातका लागि शेयर बिक्री गरेर बाहिरिएका लगानीकर्ताहरु पनि विस्तारै बजार प्रवेश गर्न थालेका छन् । लगानीकर्ताहरुले अव चुनाव हुन्छ अनि बजार बढ्छ भन्ने विश्लेषण गर्दै थोरै थोरै लगानी बढाउन थालेका छन् ।

दशै अगाडी बजार घट्छ शेयर नकिन्न सुझाव दिने ब्रोकरहरुले लगानीकर्ताहरुलाई शेयर खरिद गर्न सुझाव दिन थालेका छन् । यसै क्रममा उनिहरुले लगानीकर्ताहरुलाई थोरै थोरै कोल्याट्रल पनि थपिदिएका छन् । ब्रोकरले लिमिट दिए सँगै शेयर खरिद चाप बढेको हो । यसले यसले एक सातामै नेप्से सूचक २०० अंक भन्दा धेरैले सुधार गर्न मद्दत गर्यो ।

बजार सुधार हुन्छ भन्दै हल्ला चलाइए पनि नेपाल राष्ट्र बैंकले पहिलो त्रैमाशिक समिक्षामा शेयरधनीकर्ताको सिमालाई के गर्छ भन्ने अन्योलता कायमै छ । अर्को तर्फ नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि के कस्तो रणनीति अख्तियार गर्छ भन्ने कुराले पनि बजारलाई थप दिशानिर्देश गर्ने देखिन्छ ।

सरकारले चैत बैशाखमा स्थानीय निकायको चुनाव गर्ने पर्ने बाध्यता छ । बैशाखमा स्थानीय निकायको चुनाव सम्पन्न भए पछि आगामी वर्षको मंसिरमा संघिय चुनाव गर्नै पर्ने हुन्छ । संविधान अनुसार चुनाव गर्नै पर्ने भएकाले पनि अबको दिनमा शेयर बजारले गति लिने अपेक्षा गरिएको हो । यस अवधिमा नेप्से सूचकले सर्वाधिक उचाइ बनाउन सक्ने विश्लेषण गरिएको छ ।

शेयर बजार भदौ २ गते ३१९९ अंक पुगेर कार्तिक २ गते २५६२ अंकसम्म तल झर्यो । यस अवधिमा लगानीकर्ताहरु आत्तीएका थिए । तर यस साताको सुधारले विगत दुई महिनाको गिरावटलाई केहि राहात दिएको छ ।

तत्कालका लागि राहात दिए पनि बैंकिङ तरलता समाधान भन्दा धेरै जटिलता तिर जाने देखिन्छ । चुनावी हल्ला सेलाउने वित्तीकै महिनाको अन्तिम सातामा तरलता अभावको विषयबस्तुले प्रभाव पार्ने देखिन्छ । अहिलेको सुधार तिहार अगाडी मात्रै हुन सक्ने विश्लेशकहरु बताउछन् । तिहार पछाडि कार्तिक २८ गते शेयर बजार खुल्ने छ । यो महिना ३० गतेसम्मको छ । कार्तिक ३० गते सम्पुर्ण बैंक वित्तीय संस्थाले मंसिर महिनाको लागि व्याजदर सार्वजनिक गर्नेछ । नेपाल राष्ट्र बैंकले नै एक पटकमा १० प्रतशित भन्दा धेरैले व्याजदर बढाउन नपाउने गरि सिलिङ तोकिदिएको हुँदा १० प्रतिशतले व्याजदर बढ्ने निश्चित छ । यसले केहिहदसम्म बजार घटाउन भुमिका खेल्ने देखिन्छ । अर्को तर्फ यस अवधिमा सूचिकृत कम्पनीहरुले पहिलो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्ने छन् । यसले केहिहदसम्म शेयर बजार प्रभावित हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS