IME Life

भुक्तानी सेवा प्रदायक इसेवाले पायो संस्थागत अभिकर्ताको लाइसेन्स

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले इसेवालाई कर्पोरेट अभिकर्ताको लाइसेन्स दिएको छ । समितिले इसेवालाई ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८’ अनुसार लाइसेन्स दिएको हो । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अव विभिन्न बीमा कम्पनीहरुको बीमा पोलिसी बिक्री गर्न पाउने छन् ।

भुक्तानी सेवा प्रदायक मध्ये इसेवाले पहिलो लाइसेन्स लिएको हो । बीमा समितिले यो निर्देशिका जारी गर्दा अभिकर्ताहरुले चर्को विरोध गरेका थिए । तत्कालिन समयमा कोभिड १९ का कारण भिडभाड गर्न नपाउने भएकाले उनिहरुले सडकमै आएर आन्दोलन भने गर्न सकेनन् ।

Prabhu
Crest

संस्थागत अभिकर्ताको लाइसेन्स पाए सँगै इसेवाले अव बीमितसँग बीमा शुल्क संकलन गरी बीमा कम्पनीलाई भुक्तानी गर्न सक्ने छ । त्यस्तै बीमा प्रस्ताव फारम भर्न सहयोग गर्न पाउने छ । बीमा शुल्क भुक्तानी हुने समयको जानकारी दिने र पुनः बीमा गर्नुपरेमा सहयोग गर्न सक्ने छ । बीमा कम्पनीको तर्फबाट बीमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउनेछ । समितिले समय समयमा तोके बमोजिम अन्य कार्यहरु गर्न सक्ने छ । तर इसेवाले आफ्ना ग्राहकहरुलाई बीमा पोलिसी खरिद गर्न बाध्य पार्न पाउने छैन ।

इसेवाले अभिकर्ताको काम गर्नका लागि सधै कार्यालय खोलेर राख्नु पर्नेछ । यदि बीमितले यस्तो संस्थामा आएर बीमा कम्पनीको बारेमा बुझ्न चाहेमा वा आफुले बीमा गरेको कम्पनीको बारेमा बुझ्न चाहेमा बुझाउनु पर्नेछ । यदि दाबी परेमा इसेवाले दाबी भुक्तानीका लागि बीमितलाई सहयोग गर्नु पर्ने छ । तर बीमितलाई अनावस्यक करकाप भने गर्न पाउने छैन ।

यस्ता संस्थाले बीमितको अण्डराइटिङको काम गर्न पाउदैनन् । अण्डराइटिको काम बीमा कम्पनी स्वयंमको हुनेछ । यहि निर्देशिकाको अधिनमा रही पछिल्लो समय संस्थागत अभिकर्ताको लाइसेन्स लिने क्रम बढेको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । सहकारी तथा अन्य संस्थाहरुले संस्थागत अभिकर्ताको लाइसेन्स लिए पनि उनिहरुको व्यवसायको अवस्था भने थाहा हुन सकेको छैन । नेपालमा जीवन बीमा व्यवसाय अभिकर्तामा आधारित व्यवसाय हो । अभिकर्ताले नै बीमितलाई बीमा पोलिसीको बारेमा बुझाएर पोलिसी बिक्री बिक्री गराउने गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS