IME Life

साउनमै उद्घाटन भएको समितिको सफ्टवेयरले अहिलेसम्म दिएन तथ्याङ्क, ‘म्यानुअल डेटा’ले भ्रमित बनाउदै

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले साउन एक गते उद्घाटन गरेको एकिकृत सफ्टवेयरले अहिलेसम्म पनि तथ्याङ्क उपलब्ध गराउन सकेको छैन । समितिले इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) नामक एकीकृत सफ्टवेयर सञ्चालनमा ल्याएको तीन महिना वितिसक्दा कार्यान्वयनमा आएको छैन । बीमा कम्पनीहरुले सफ्टवेयरमा तथ्याङ्क अपलोड नगरिदिदा यस्तो समस्या आएको हो ।

बीमा समितिको एकिकृत सफ्टवेयरमा इन्ट्रि गर्नु पर्ने तथ्याङ्क कम्पनीहरु सँग नहुँदा अहिलेसम्म पनि उनिहरुले अपलोड गर्न नसकेका हुन् । समितिले तयार पारेको सफ्टवेयर र बीमा कम्पनीले तयार पारेका तथ्याङ्कमा मेल नखादा तथ्याङ्क बन्न सकेको छैन ।

Prabhu
Crest

बीमा समितिले कम्पनीको दैनिक, मासिक, त्रैमाशिक, वार्षिक विवरणहरु अपलोड गर्नका लागि कम्पनीहरुलाई एक्सेज दिएको छ । तर कम्पनीहरुले सफ्टवेयरमा भनिए अनुसार तथ्याङ्क अपलोड नगरिदिदा समितिले अहिलेसम्म पनि मासिक तथ्याङ्क पनि बीमा कम्पनीहरु सँग इमेल मार्फत माग गरिरहेको छ ।

केहि कम्पनीले बीमा समितिको निर्देशनलाई पनि अटेर गरेर बसिरहेका छन् । उनिहरुले अपलोड गर्न गाह्रो भएको, आफु सँग सफ्टवेयरले माग गरे अनुसारको तथ्याङ्क नभएको भन्दै आनाकानी गरेका हुन् । समितिले सम्बन्धित कम्पनीका आइटीमा काम गर्ने कर्मचारी तथा तथ्याङ्क अपलोड गर्ने कर्मचारीलाई बोलाएरै प्रशिक्षण समेत दिइसकेको छ ।

समिति र कम्पनी विचको तालमेल नमिल्दा जुन उद्देश्यका साथ सफ्टवेयर ल्याइएको थियो सोही अनुसार काम हुन सकेको छैन । अहिले पनि केहि तथ्याङ्क आवश्यक पर्यो भने बीमा समितिले मेल गर्ने गरेको छ । आफु सँग सफ्टवेयर हुँदा हुँदै समितिले हिजो मात्रै बाडीका कारण बीमा कम्पनीमा परेको दाबीको विवरण उपलब्ध गराउन भन्दै कम्पनीहरुलाई इमेल गरेको छ ।

म्यानुअल हिसावले तथ्याङ्क बनाउदा धेरै नै त्रुटी हुने गरेको पाइन्छ । समितिले आफ्नै वेवसाइटमा राखेको लघु बीमाको तथ्याङ्क समेत सहि नभएको बीमा कम्पनीहरु बताउछन् । बीमा समिति जस्तो नियामक निकायले जारी गर्ने तथ्याङ्कलाई सबैले आधिकारिक मान्ने गर्छन् । तर समितिले नै दिने तथ्याङ्कमा गल्ति भयो भने सबै जना भ्रमित हुने सम्भावना पनि उत्तीकै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS