IME Life

मुक्तिनाथ विकास बैंकले जीवन र निर्जीवन बीमा कम्पनी खोल्दै

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंकले जीवन तथा निर्जीवन बीमा कम्पनी खोल्ने भएको छ । बैंकका प्रमुख शेयरधनीहरुको सक्रियतामा जीवन र निर्जीवन बीमा कम्पनी स्थापनका लागि आवस्यक तयारी अगाडी बढाएका हुन् । मुक्तिथान समुहले निर्जीवन बीमा कम्पनी स्थापनाको लागि बीमा समितिमा निवेदन दिइसकेको छ  भने जीवन बीमा कम्पनीको दर्ताको प्रकृयाँ पनि अन्तिम चरणमा पुगेको तुलसीराम ढकालले जानकारी दिए ।

मुक्तिनाथ जनरल इन्स्योरेन्स कम्पनी स्थापनाका लागि मुक्तिनाथ समुहले लगानी गर्ने भएका हुन् । यस समुहमा मिन प्रसाद गुरुङ, कृष्णमान श्रेष्ठ, भरत राज ढकाल, तुलसीराम ढकाल, सिताराम काफ्ले लगायत छन् । यसका साथै मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक संस्थागत लगानीकर्ता हुने छन् ।

Prabhu
Crest

जीवन बीमा कम्पनीको लागि चुक्ता पूँजी २ अर्ब र निर्जीवन तर्फ एक अर्ब रुपैयाँ नै राख्ने सहमति भएको छ । यस समुहले अहिलेलाई जीवन र निर्जीवनको तयारी गरिरहेको छ । भोलिका दिनमा माइक्रोइस्स्योरेन्स कम्पनीको लागि पनि प्रकृयाँ अगाडी बढाउने तयारी गरेको छ ।

बाणिज्य बैंकहरुको लगानीमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरु स्थापना हुँदै आएकोमा पछिल्लो समय विकास बैंकहरु पनि बीमा कम्पनी खोल्ने तयारीमा जुटेका हुन् । यस भन्दा अगाडी गरिमा विकास बैंकले गरिमा जनरल इन्स्योरेन्स कम्पनीका लागि लगानी प्रतिवद्धता माग गरेको थियो ।

एउटै व्यवसायिक समुहले बैंक, बीमा कम्पनी, माइक्रोफाइनान्स, सहकारी खोल्ने ट्रेण्ड बढेको छ । नेपालका ठुला ठुला व्यवसायिक समुहहरुको चेन विजनेसको रुपमा बैंक, बीमा, सहकारी, उद्योग, स्कुल कलेज, लगायतमा लगानी हुने गरेको छ । एउटा क्षेत्रमा सफलता पाउने वित्तीकै अन्य क्षेत्रमा हात हाल्ने नेपाली व्यवसायीको चरित्रका कारण पनि बीमा कम्पनी खोल्नका लागि दावव बढ्ने गरेको छ ।

नेपालको सबैभन्दा ठुलो व्यवसायिक समुह चौधरी समुहको आफ्नै लगानीमा एउटा पनि जीवन बीमा कम्पनी नभएको भन्दै नेपाल सरकारले केहि समयमै जीवन बीमा कम्पनीको लाइसेन्स दिने प्रकृयाँ अगाडी बढाउदै छ । चौधरी समुहको बैंक, निर्जीवन बीमा कम्पनी लगायत अनेकौ वित्तीय संस्थाहरुमा लगानी रहेको छ । तर यस समुहको आफ्नै लगानीमा जीवन बीमा कम्पनी भने छैन । त्यसैले गर्दा यस समुहले विगत लामो समयदेखि जीवन बीमा कम्पनीको माग राख्दै आएको छ । ५ वर्ष अगाडी लाइसेन्स आह्वान गर्दा आवस्यक कागजात जुटाउन नसकेर लाइसेन्स नपाएकोमा यस पटक भने लाइसेन्स हुत्याउने दाउमा यो समुह छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS