IME Life

जीवन बीमा कम्पनीको नयाँ भन्दा पुराना पोलिसीमा जोड, ‘नविकरण व्यवसायको हिस्सा ७३.३४ प्रतिशत’

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरु नयाँ भन्दा पुराना पोलिसी मार्फत प्रिमियम संकलन गर्न सक्रिय भएका छन् । पुराना पोलिसीलाई नविकरण गर्न कम्पनीहरुले विभिन्न छुटका योजना सार्वजनिक गरिरहेका छन् ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जनको हिस्सा ७३.३४ प्रतिशत छ । जवकी जम्मा बीमा शुल्क आर्जनको २५.७८ प्रतिशत मात्रै हिस्सा प्रथम बीमा शुल्क आर्जनको छ । यस तथ्याङ्कनले जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमा भन्दा पुराना जारी भएका पोलिसीलाई निरन्तरता दिने रणनीतिमा अगाडी बढेका छन् ।

Prabhu
Crest

यसमा सबैभन्दा धेरै पुराना जीवन बीमा कम्पनीहरु सक्रिय छन् । पुराना ९ जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जनको हिस्सा ८० प्रतिशत रहेको छ । कतिपय नयाँ जीवन बीमा कम्पनीहरुको पनि नविकरण बीमा शुल्क आर्जनको बजार हिस्सा धेरै देखिन थालेको छ । सुरुवाती वर्षमा सबैभन्दा आक्रामक युनियन लाइफको नविकरण बीमा शुल्क आर्जनको बजार हिस्सा ७० प्रतिशत छ । तर प्रथम बीमा शुल्क आर्जनको हिस्सा भने जम्मा २९.५३ प्रतिशत मात्रै छ ।

बजार विस्तारमा भर्खरै आक्रामक देखिन थालेका केहि नयाँ जीवन बीमा कम्पनीहरुको भने प्रथम बीमा शुल्क आर्जनको हिस्सा धेरै छ । जसमा महालक्ष्मी लाइफको प्रथम बीमा शुल्क आर्जनको हिस्सा झण्डै ६० प्रतिशत छ । प्रभु लाइफको पनि झण्डै ६१ प्रतिशत रहेको छ । उनिहरुले नविकरण सँगै नयाँ बीमा योजनामा केन्द्रित छन् । कुनै समय प्रथम बीमा शुल्क आर्जनमा अग्रणी युनियन लाइफले अहिले तिनै पोलिसीको नविकरणका लागि लागिपरिरहेको छ ।

सधै नयाँ बीमा पोलिसी जारी गर्न सकिदैन । अभिकर्ताको नेटवर्क, शाखा प्रमुख तथा मार्कटिङ विभागका कर्मचारीको सक्रियताले मात्रै प्रथम बीमा शुल्क आर्जन बढाउन सम्भव छ । जीवन बीमा व्यवसाय व्यक्तिगत सम्बन्धका आधारमा भित्रिने भएकाले अभिकर्ताको सक्रियताले मात्रै सुधार गर्न सकिन्छ ।

बीमा कम्पनीहरुलाई नयाँ बीमा योजनामा भन्दा पुराना बीमा योजनामा धेरै फाइदा हुन्छ । नयाँ पोलिसी जारी गर्दा अभिकर्ता कमिसन तथा अन्य प्रशासनिक खर्च धेरै हुन्छ । दुई तीन वर्ष भन्दा पुराना पोलिसी नविकरण गर्न सकियो भने बल्ल कम्पनीहरुलाई फाइदा हुन थाल्छन् । तीन चार वर्ष पुराना पोलिसीको बीमा शुल्कमा अभिकर्ताहरुलाई खासै कमिसन दिनु पर्दैन ।

पछिल्लो समय केहि पुराना जीवन बीमा कम्पनीहरुको उच्च व्यवस्थापनमा समस्या देखिदै आएको छ । यसले गर्दा ति कम्पनी नयाँ बीमा पोलिसी जारी गर्ने भन्दा पनि पुराना पोलिसीलाई नै नविकरण दिने रणनीतिमा उत्रिएका छन् । केहि कम्पनीहरुले दुई तीन वर्ष पुराना पोलिसीलाई पनि नविकरण गर्ने रणनीतिमा छन् । यसका लागि व्याज छुट दिने, हर्जना छुट दिने लगायतका काम गरिरहेका छन् ।

असोज महिनामा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन नेपाल लाइफको छ । नेपाल लाइफले असोज एक महिनामा मात्रै ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर यसको नविकरण बीमा शुल्क आर्जन भने एक अर्ब ७८ करोड रुपैयाँ छ ।

पुराना कम्पनी मध्ये सबैभन्दा धेरै नेशनल लाइफ सबैभन्दा धेरै आक्रामक देखिएको छ । नेशनललको प्रथम बीमा शुल्क आर्जन ४६ करोड २४ लाख रुपैयाँ छ । जसले गर्दा असोज महिनामा नेशनलको प्रथम बीमा शुल्क आर्जनको हिस्सा ४४ प्रतिशत छ । त्यस्तै एशियन लाइफ पनि नयाँ व्यवसाय विस्तारमा आक्रमक छ । कम्पनीको प्रथम बीमा शुल्क आर्जनको हिस्सा ४२.६९ प्रतिशत छ । सूर्या लाइफ र प्राइम लाइफ पनि असोज महिनामा केहि आक्रामक छन् ।

सन नेपाल लाइफ र सिटिजन लाइफ वैदेशिक म्यादी जीवन बीमा व्यवसायमा केहि आक्रामक छन् । सन नेपालको यस्तो व्यवसायको हिस्सा धेरै भएको हुँदा प्रथम बीमा शुल्क तर्फ ३० प्रतिशत र नविकरणको ३६ प्रतिशत रहेको छ । असोज महिनासम्ममा सिटिजनको प्रथम बीमा शुल्क आर्जनको हिस्सा ५४ प्रतिशत छ साथै नविकरण बीमा शुल्क आर्जन तर्फ ४३ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS