IME Life

जीवन बीमाको लागी कसरी राम्रो कम्पनी रोज्ने ?

SPIL
NIC ASIA

काठमाण्डौं । जीवन बीमा कम्पनीहरु व्यवसाय बिस्तारमा गाउँ-गाउँमा पुगेकाछन् । अहिले बीमा अभिकर्ताको पेशालाई लिएर हर घर, एक अभिकर्ता झैं चर्चा हुन थालेको छ । गाउँ घरमा दिनहुँ जसो भेटघाटका लागी आइरहने अभिकर्ताको कारण सर्वसाधारणहरु कुन कम्पनीमा बीमा गर्ने भन्ने निर्णय लिन अन्यौलमा पर्ने गरेका छन् । कसैले डब्बल भन्छन्, कसैले बीमा शुल्कमा छुट सुविधा छ भन्छन्, कसैले बोनश एक दम राम्रो छ भनेर संभावित बीमितलाई फकाउने प्रयास गरिरहेका हुन्छन् । वित्तीय साक्षरताको अवस्था ज्यादै कमजोर रहेको हाम्रो जस्तो मुलुकमा सर्वसाधारणलाई कस्तो कम्पनीमा जीवन बीमा गर्नु सुरक्षित र फाइदाजनक छ भन्ने ज्ञान नहुन सक्छ ।

जीवन बीमा कम्पनी रोज्दा धेरै पक्षहरुमा ध्यान दिनुपर्छः
बीमा योजनाः बीमा कम्पनीहरुले फरक फरक विशेषताको जीवन बीमा योजनाहरु प्रचलनमा ल्याएका हुन्छन् । तीमध्ये तपाईको आवश्यक्तालाई पुरा गर्न सक्ने विशेषताभएको बीमा योजना रोज्नुपर्छ । तपाईले दीर्घकालीन बचतको लागी बीमा गर्नु भएको हो भने उच्च बोनश दर भएको सावधिक जीवन बीमा रोज्नुहोस् । आवधिक बचतको साथ-साथै बीमा जोखिम बहनको लागी जीवन गर्न लाग्नु भएको हो भने अग्रिम भुक्तानी जीवन बीमा रोज्न उपयुक्तहुन्छ । अल्पकालीन ऋण वा वित्तीय दायीत्व वापतको जोखिम बहन गर्नुछ भने सस्तो बीमा शुल्कमा उच्च जोखिम बहनको सुविधा रहेको म्यादी जीवन बीमा योजना रोज्नु उपयुक्त हुन्छ ।

Prabhu
Crest

सेवा तथा शर्तः
जीवन बीमा योजना रोज्दा बीमा योजनासँगै समावेश गरिने शर्त र सुविधाहरुमा उल्लेखित शब्दहरुमा समेत ध्यान दिनुपर्छ । कतिपय जीवन बीमा योजनाहरुमा पर्याप्त सुविधाहरु उल्लेख भएपनि मुनाफामा सरिक नहुने शर्त समावेश गरिएको हुनसक्छ । मुनाफामा सरिक नहुने गरी जारी गरिएको बीमाको बीमाशुल्क सरिक हुने बीमाको भन्दा सस्तो हुन्छ । तर यस्तो बीमामा बीमाअवधिको समाप्तीमा बीमितलाई बोनश भुक्तानी गरिदैंन ।

वित्तीय सबलताः
जीवन बीमा कम्पनी रोज्दा बीमा कम्पनीको वित्तीय अवस्था कस्तो छ भन्ने पक्षलाई पनि ध्यान दिनुपर्छ । बीमा कम्पनीको लगानीकर्ताको पृष्ठभूमी, मुनाफाको अवस्था, जीवन बीमा कोषको आकार, कम्पनी संचालनमा आएको अवधि, शाखा संजाल लगायत पक्षलाई पनि ध्यान दिनुपर्छ ।

बोनश दरः
आफूले बीमा शुल्क वापतलामो समयसम्म जम्मा गरेको रकमसँगै बोनश समेत एकमुष्ठ फिर्ता पाउँदा सकेसम्म धेरै रकम आम्दानी होस् भन्ने चाहना हुनु स्वाभाविक हो । यसका लागी लामो समयदेखि राम्रो र स्थिर बोनश प्रदान गर्ने बीमा कम्पनी रोज्नुपर्छ । तर नेपालमा बैंकको ब्याज दरको अस्थिरता, बिमा कम्पनीहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा लगायत विभिन्न कारणले गर्दा अपवाद बाहेक बोनश दर बिरलै स्थिर रहेको पाइएको छ । बिमा कम्पनीहरुको नाफा आम्दानीमा हुने उतार चढावको कारण बोनश दरमा पनि उतार चढाव आइरहेको हुन्छ । तसर्थ बिमा कम्पनी रोज्दा सावधानी पूर्वक यो पक्षमा पनि ध्यान दिनुपर्छ ।

जीवन बीमाकोषः
जीवन बीमा कम्पनीले बीमा शुल्क वापत आर्जन गरेको रकमबाट खर्च कटाएर बाँकी रहेको रकम जीवन बीमा कोषमा जम्मा हुन्छ । यस्तो जीवन बीमा कोषलाई बिमा समितिले तोकेको लगानीको क्षेत्रमा लगानी गरिन्छ । लगानी गर्दा अधिकांश रकम बैंक,वित्तीय संस्थामा मुद्दति निक्षेपको रुपमा लगानी गरिने भएकोले जीवन बीमा कम्पनीको लगानीको अधिकांश हिस्सा सुरक्षित रहेको मानिन्छ । जीवन बीमा कोषको लगानीबाट प्राप्त रकमबाट बीमित र शेयरधनीलाई जीवन बीमा कम्पनीले बोनश, लाभांश वितरण गर्छन् । जतिठूलो जीवन बीमा कोष हुन्छ, बिमा कम्पनी त्यति नै सबल हुन्छ ।

व्यवसायीकताः
आफूले रोज्न लागेको जीवन बीमा कम्पनीले कतिको स्वस्थ्य बीमा व्यवसाय गरिरहेको छ भन्ने पनि हेक्का राख्नुपर्छ । नयाँ बीमा व्यवसायमा अब्बल देखिए पनि उच्च जोखिम मोलेर र व्यवसायीक अभ्यास भन्दा बाहिर गएर बीमा व्यवसाय गर्ने कम्पनीलाई रोजाईमा पार्नुहुँदैन । यस्तो कम्पनीमा जीवन बीमा गर्दा बोनशदर न्यूनहुने, कुनै कारणले कम्पनी कारवाहीमा परेमा आफूले बीमा दाबीबाट प्राप्त गर्ने  सेवा सुविधा ढिला सुस्ती हुन सक्छ ।

सल्लाह सुझावः
जीवन बीमा प्रायःजसो लामो समयावधिको लागी गरिने भएको हुँदाआफूले रोज्न लागेको कम्पनीको बीमा अभिकर्ता वा कर्मचारीबाट कतिको पूर्ण र सही जानकारी पाएको छु भन्ने परिक्षण गर्नुपर्छ । यसको निक्र्यौल गर्न एकै खाले विशेषताको जीवन बीमा सम्बन्धमा फरक फरक कम्पनीको अभिकर्तासँग जानकारी लिनुपर्छ । अझ सम्भव छ भने नजिकको शाखा कार्यालयमा गएर त्यहाँको कर्मचारीसँगआफूले पाएको जानकारीबारे यकीन गर्नुपर्छ । कम्पनीले वितरण गर्ने बोनश, कम्पनीको सामाजिक संजाल पृष्ठ (फेसबुक,युट्युब,इन्टाग्राम), वेभसाइट मार्फत् पनि आवश्यक जानकारी प्राप्त गर्न सकिन्छ ।

दाबी भुक्तानीः
जीवन बीमा कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको हरेक त्रैमासमा प्रकाशन गर्ने वित्तीय विवरणमा दाबी भुक्तानीको संख्या, रकम र भुक्तानी गर्न बाँकी दाबी संख्या र रकमबारे विवरण प्रकाशन गरेका हुन्छन् । यस्तो विवरणको तुलनात्मक अध्ययन गरेर सबैभन्दा धेरै दाबी भुक्तानी दिने वा सबैभन्दा कम दाबी भुक्तानी गर्न बाँकी रहेको कम्पनी रोज्नुपर्छ ।

बीमा शुल्कः
आफूले रोजेको बीमांकको लागि उस्तै सेवा सुविधा सहितको विशेषताभएको जीवन बीमा योजनाको लागी फरक फरक बीमा कम्पनीको बीमा शुल्क के कति लाग्छभन्ने जानकारी आवश्यक हुन्छ । यस्तो जानकारीको आधारमातुलना गरेर सबैभन्दा सस्तो बीमा शुल्क भएको कम्पनी रोज्नु उचित हुन्छ । बीमितको उमेर,बीमांक, बीमाअवधि, बीमा योजनाको प्रकार, सुविधाहरुको आधारमा बीमाशुल्क फरक फरक हुन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS