IME Life

मर्चेन्ट बैंकरहरुको उच्च व्यवस्थापनमा बैंकहरुको अस्वभाविक हस्तक्षेप, धितोपत्र बोर्डले नियमन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । बैंकहरुको सहायक कम्पनीको रुपमा स्थापना भएका मर्चेन्ट बैंकरहरुको उच्च व्यवस्थापनमा सम्बन्धित बैंकहरुको अस्वभाविक हस्तक्षेप हुने गरेको छ । बैंकहरुले मर्चेन्ट बैंकरलाई एउटा शाखाको रुपमा व्यवहार गर्दा यस्तो अवस्था शिर्जना भएको हो ।

जवकी मर्चेन्ट बैंकरहरु धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ५६ तथा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली , २०६४ अन्तर्गत रही स्थापना भएका हुन्छन् । अर्को तर्फ यस्ता मर्चेन्ट बैंकरहरुलाई नेपाल धितोपत्र बोर्डले नियमन गर्छ । छुट्टै अस्तित्वको संस्थालाई बैंकहरुले मनपरी हिसावले सञ्चालन गर्न खोज्दा मर्चेन्ट बैंककै तल्लो तहका कर्मचारीहरु बढि मारमा पर्ने गरेका छन् ।

Prabhu
Crest

बैंकका सहायक कम्पनीको रुपमा स्थापित मर्चेन्ट बैंकरहरुमा बैंककै डेपुटेड कर्मचारीहरुलाई नै मर्चेन्ट बैंकको महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको देखिएको छ । यसरी ति कर्मचारीहरुलाई महत्वपूर्ण पदमा राखिने हुँदा कार्यक्षमताको अभाव, असक्षमता, जवाफदेहिता संस्थाको सुशासनप्रतिको वेवास्ताले गर्दा संस्था प्रतिको माया देखिदैंन ।

एकातिर कार्यक्षमताको अभाव अर्कोतिर बैंकबाट नै सम्पूर्ण सुविधाहरु पाइने हुँदा उनीहरुलाई संस्था प्रति न उत्तरदायि न त जिम्मेवार बोध हुन्छ । यसको मारमा मर्चेन्ट बैंकरका कर्मचारीहरु पर्ने गरेका छन् । बैंकले कुनै विभागको कर्मचारीलाई अहिले गएर हेर्दै गर्नु भन्ने हिसावले पठाइएको हुन्छ । कतिपय संगठनमा त आफ्ना बैंकका कर्मचारीहरुलाई सम्पूर्ण कुराहरुमा छुट दिइन्छ भने मर्चेन्ट बैंकरका कर्मचारीहरुलाई बन्देज लगाइएको हुन्छ ।

बैंकका कर्मचारीको दादागिरीको चेपुवामा मर्चेन्ट बैंकरका कर्मचारी परेका छन् । सेवा सुविधामा अत्याधिक भिन्नता भएको पाइएको छ । सकेसम्म सेवा सुविधा दिनै हुन्न भन्ने मानसिकताका साथै आफ्ना साना कर्मचारीलाई समेत पक्षपोषण गर्ने गरेका छन् । कुनै संस्थामा बैंकका साना कर्मचारीहरुलाई पदानुक्रम पनि लागू हुँदैन । व्यवस्थापनबाटै बैंकबाट आउने कर्मचारी सानो पदमा भएता पनि मर्चेन्ट बैंकका कर्मचारी भन्दा माथि हुन्छ भनिने गरिन्छ ।

बैंकहरुले एउटा शाखाको रुपमा व्यवहार गर्दा बैंकका कर्मचरीहरुको चाँडो चाँडो सरुवा गर्ने परिपाटी देखिन्छ । बैंकको एउटा शाखाबाट मर्चेन्ट बैंकरमा आउदा उक्त कर्मचारीको मनोविज्ञान नै म केहि समयका लागि आएको त हो नि भन्ने हुन्छ । यस्तो अभ्यासले गर्दा बैंकबाट आउने कर्मचारी सानो समस्यालाई पनि हल गर्न चाहदैनन् र कामबाट पन्छिने गर्छन् ।

सम्पुर्ण सेवा सुविधा बैंकबाट लिने भएकाले उनिहरु मर्चेन्ट बैंकरको जिम्मेवारीबाट पन्छिने र शेयर बजार मात्रै हेरेर बस्ने सम्मका हर्कत देखिन्छ । मर्चेन्ट बैंकका एक कर्मचारीका अनुसार बैंकबाट आउने कर्मचारीहरुले धम्क्याउने तथा आफ्नालाई पक्षपोषणसम्म गर्न भ्याउछन् । यस्तो परिपाटीले मर्चेन्ट बैंकरले आफुलाई विस्तार गर्न सकिरहेका छैनन् ।

मर्चेन्ट बैंकरहरुमा बैंकहरुको हस्तक्षेप भएको गुनासो सुनिन थालेको नेपाल धितोपत्र बोर्डका एक उच्च अधिकारीले जानकारी दिए । मर्चेन्ट बैंकरहरुमा बैंकहरुको हस्तक्षेप देखिन थालेकोले मर्चेन्ट बैंकरहरुको लागि संस्थागत सुशासन सम्बन्धी छुट्टै निर्देशिका बनाउने काम भइरहेको उनले जानकारी दिए । कतिपय मर्चेन्ट बैंकरहरुमा बैंकहरुले राम्रो सँग व्यवस्थापन गरिरहेको पाइन्छ ।

प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दादेखि लिएर बैंकबाट विशेषज्ञको रुपमा पठाउने गरेको पाइन्छ । तर कतिपय मर्चेन्ट बैंकरहरुमा ५/६ महिनामै प्रमुख कार्यकारी अधिकृत परिवर्तन हुने हुँदा समस्या देखिने गरेको छ । छोटो अवधिका लागि नियुक्त हुने त्यस्ता सिइओहरु एक्सन ओरियण्टेड हुँदैनन् । मर्चेन्ट बैंकर नै नबुझेका व्यक्ति उच्च व्यवस्थापनमा आउदा उनिहरुले अन्य मर्चेन्ट बैंकरहरु सँग प्रतिस्पर्धा गर्न सक्दैनन् । नयाँ नयाँ प्रोडक्ट तथा स्किम ल्याउन सक्दैनन् ।

मर्चेन्ट बैंकको वृद्धि, विकास, तथा शुसासनको लागि नियामक निकाय धितोपत्र बोर्डले मर्चेन्ट बैंकर नियमावली, २०६४ मा संशोधन गर्नुपर्ने विज्ञहरु बताउछन् । उक्त नियमावलीमा बैंकबाट आउने प्रतिनिधिहरुको निश्चित अवधि तोकिनु पर्ने उनिहरुको सुझाव छ । यदि निश्चित अवधिका लागि नियुक्त हुने हो भने त्यो कर्मचारीले आफ्नो शिप, दक्षता प्रस्तुत गर्न सक्छ । अर्को तर्फ त्यस्ता कर्मचारी पूँजी बजार सँग सम्बन्धित ज्ञान तथा अनुभव भएको हुनु पर्छ । बोर्डले नियमावलीमा मर्चेन्ट बैंकरको प्रमुख कार्यकारी अधिकृतले निश्चित अवधिसम्म पूँजी बजार सम्बन्धि काम गरेको भनि तोकिनु पर्ने उनिहरुको सुझाव छ । यदि त्यस्ता कर्मचारीले संस्थालाई हानी नोक्सानी हुने जस्ता काम गरेमा नियामक निकायमा उजुरी दिन सक्ने व्यवस्था र नियामक निकायले उचीत छानबिन गरी स्पष्टीकरण सोध्न सक्ने, हटाउन सक्ने व्यवस्था आवस्यक देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS