IME Life

न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, २ लाख ९ हजार २५० जनाले पाए १० कित्ता

SPIL
NIC ASIA

काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आज बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आफ्नै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो ।

आइपीओमा २२ लाख ५५ हजार ८४ जना आवेदकबाट २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धकले जनाएको छ ।

Prabhu
Crest

आइपीओमा गोलाप्रथा मार्फत २ लाख ९ हजार २ सय ५० जनाले १० कित्ताको दरले शेयर पाउने भएका छन् भने आवेदन दिएकामध्ये २० लाख ५२ हजार बढी आवेदकको हात खाली भएको छ ।

कम्पनीले असोज १५ गतेबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । निष्काशन गरिने कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयरएनपि डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यस अघि कम्पनीले कम्पनीले भदौ १ गतेदेखि लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS