IME Life

चर्को ब्याजदर असुल्न एनआइसी एशिया बैंकका ऋणीलाई नयाँ कर्जा सम्झौता

SPIL
NIC ASIA

काठमाण्डौं । दशैंको बिदा शुरु हुनु एक साता अघिदेखि बैंकबाट निरन्तर फोन आइरहेको थियो । बैंकका कर्मचारीले कर्जासँग सम्बन्धित करार अध्यावधिक गर्नुपर्ने भएकोले एकैछिनको लागी भएपनि बैंक शाखामा आइपुग्न निर्देशन मिश्रित अनुरोध गरे ।

आफूले कर्जा सम्झौता नविकरण गरेको पाँच महिना नबित्दै पुनः सम्झौता गर्न किन डाँकेका हुन् भन्ने प्रश्न मनमा खेलि रह्यो । पहिलो दिन आफू बैंक नगएपछि दोश्रो दिन पनि कर्जा विभागबाट सम्बन्ध प्रबन्धक९रिलेशनसिप म्यानेजर०को फोन आयोे । मैले उनलाई केही महिना अघि मात्र नविकरण गरेको कर्जाको नविकरण अहिले फेरी किनरु भन्ने प्रश्न गरे । ‘होइन के दाई अहिले सबै लोनको ब्याज बढेको छ, तपाईहरुको पनि रिभाइज भएर आएको छ, त्यसैले । रिलेशनशिप म्यानेजरको यो भनाईले बैंकले अहिले ब्याज दर बढी रहेका बेला अँठ्याएर फेरी ब्याज बढाउने मौका छोप्न थालेकोमा मलाई कुनै शंका रहेन । बैंक जाने मुड थिएन । दशैं बिदाको अघिल्लो साँझ आफ्नो कार्यालयबाट निस्किएर अलि पर नपुग्दै मोबाइलमा घण्टी बज्यो, बैंकबाटै रहेछ । अबेर भइसके पनि अनकनाउँदै म बैंक शाखामा पुगे । रिलेशनशिप म्यानेजर बडो व्यग्रताका साथ मलाई कुरेर बसेजस्तो लाग्यो ।

Prabhu
Crest

उनले करारको नयाँ सम्झौता तेस्र्याए र दाई यसमा हस्ताक्षर गरिदिनुहोस् भन्ने अनुरोध गरे । कर्जा सम्झौताको त्यो कागजमा पुरानो सम्झौता भन्दा बढी कर्जाको दर तोकेर मेरो लिखित सहमति लिन चाहेका रहेछन् । मैले हुँदैन , म हस्ताक्षर गर्दिन भने । रिलेशनशिप म्यानेजरले शाखा प्रबन्धकसँग कुराकानी गर्न अनुरोध गरे । म सरासर शाखा प्रबन्धकको कार्यकक्षभित्र प्रवेश गरे ।

उनलाई भने, फेरी यो नयाँ सम्झौता किनरु मेरो प्रश्न झर्न नपाउँदै शाखा प्रबन्धकले भने, के गर्ने यस्तै छ,हेड अफिसले सबैलाई बढाउन भनेको छ । हामीलाई पनि प्रेशर छ, हाम्रो समस्या बुझिदिनुहोस् । शाखा प्रबन्धकको कुरा सुनि सकेपछि मैले कर्जाको अवधि पुरा नहुँदा सम्म म कुनै पनि नयाँ सम्झौता गर्नेछैन भन्दा पनि उनी सहमत भएनन्, जसरी भएपनि नयाँ सम्झौता गर्ने पर्ने दबाब दिए। उनको कुरा सुनेपछि जंगिंदै मैले भने, उसो भए म राष्ट्र बैंकमा उजुरी गर्नेछु । मेरो चेतावनी सुने पछि उनी आफ्नो अडानबाट पछि हटे र भैगो भन्दै रिलेशनशीप म्यानेजरलाई वहाँको रिन्यु गर्नु नपर्ने रहेछ भन्दै निर्देशन दिए ।

यो विवरण एनआइसी एशिया बैंकबाट प्रोफेशनल लोन(पेशागत कर्जा) लिएका ग्राहकसँगको कुराकानीका क्रममा तयार पारिएको हो । बैंक वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले एनआइसी एशिया बैंकका ऋणीलाई बाध्य बनाएर कर्जाको अवधि पुरा नहुँदै नयाँ सम्झौतामा हस्ताक्षर गराएर ठगी गरेको छ भन्ने अनुसन्धान गर्नु जरुरी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS