IME Life

पूर्वी नाकाबाट दुई महिनामा १० अर्ब १९ करोडको आयात

SPIL
NIC ASIA
झापा । पूर्वी नाका काँकडभिट्टामा गत वर्षको तुलनामा आयात बढेको छ । मेची भन्सार काँकडभिट्टाका अनुसार चालू आर्थिक वर्षको साउन र भदौमा १० अर्ब १९ करोड रुपैयाँको सामान आयात भएको छ । गत आर्थिक वर्षको यही अवधिमामा चार अर्ब ७४ करोड रुपैयाँको सामान आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

निर्यात भने घटेको छ । चालू आर्थिक वर्षको साउन र भदौमा दुई अर्ब एक करोड रुपैयाँको मात्र नेपाली उत्पादन मेची भन्सार कार्यालयबाट निर्यात भएको उनले बताए । गत वर्ष यही अवधिमा दुई अर्ब ७५ करोड रुपैयाँको नेपाली उत्पादन निर्यात भएको थियो । यस पटक भने व्यापार घाटा बढ्दै गएको मची भन्सार कार्यालयले जनाएको छ ।

मेची भन्सारले साउनमा एक अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा भन्सारले एक अर्ब १७ करोड रुपैयाँको लक्ष्य राखेको थियो । तर, यस पटक आयात बढेसँगै राजस्व संकलन पनि वृद्धि भएको हो ।

Prabhu
Crest

यस्तै, भदौ महिनामा एक अर्ब २३ करोड रुपैयाँको लक्ष्य राख्दा एक अर्ब ३० करोड रुपैयाँ उठेको भन्सार प्रमुख विश्वकर्माले बताए । २३ असोजसम्म एक अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको उनले बताए । यो महिनामा एक अर्ब २७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य छ ।

भन्सारले चालू आर्थिक वर्षमा १५ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा १३ अर्ब चार करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख विश्वकर्माले बताए । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट भारतसँगै बंगलादेश, भुटान र तेस्रो देशसँग पनि व्यापार हुँदै आएको छ । मेची भन्सारमा संकलन हुने राजस्वको ५० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगट्दै आएको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए ।

यस्तै, मेची भन्सार कार्यालयबाट सबैभन्दा धेरै नेपाली कृषि उत्पादन अलैँचीको निर्यात हुँदै आएको छ । त्यसपछि नेपाली चिया पूर्वी नाका भएर विभिन्न देशमा निकासी हुँदै आएको छ । अलैँची र चिया भने ९० प्रतिशतभन्दा धेरै भारतमा खपत हुन्छ । बंगलादेशमा नेपाली अलैँची र चियाको भन्सार शुल्क धेरै छ । त्यस कारण बंगलादेशमा अलैँची र चिया जाँदैन । अन्य देशमा पनि विभिन्न समस्या भएका कारण नेपाली अलैँची र चियाको ठूलो बजार भारत नै हो । बंगलादेशमा नेपाली उत्पादनको भन्सार शुल्क महँगो हुँदा व्यापार घाटा धेरै छ ।

यस्तै, भुटानसँग पनि नेपालको व्यापार घाटा छ । आर्थिक वर्ष २०७७/०७८ मा भुटानसँग ६१ करोड २० लाख ३७ हजार रुपैयाँको व्यापार घाटा थियो । उक्त आर्थिक वर्षमा भुटानबाट एक अर्ब १९ करोड ९२ लाख रुपैयाँको सामान आयात हुँदा नेपालबाट ५८ करोड ७२ लाख तीन हजार रुपैयाँको सामान निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

भुटानबाट नेपालमा जिप्सन, कोइला, वालपुटीलगायत सामग्री आयात हुन्छन् । यस्तै, नेपालबाट स्टिलका पोल, बुद्धको मूर्ति, चिजबल जस्ता सामग्री भुटान जाने गरेका छन् ।

न्युज कारखाना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS