IME Life

साफ च्याम्पियनसिप : ऐतिहासिक उपाधिको खोजीमा नेपाल

SPIL
NIC ASIA
काठमाडौं ।माल्दिभ्समा जारी १३ औं संस्करणको  साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।  पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो । त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ ।

Prabhu
Crest

साफमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ ।

साफअन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १-० ले हराएको थियो ।

भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पूर्णरुपमा हाबी छ ।नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

न्युज कारखाना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS