IME Life

पूनर्बीमा शुल्क वृद्धिसँगै भारतमा म्यादी बीमा योजना महँगिंदै

SPIL
NIC ASIA

काठमाण्डौं । पूनर्बीमा कम्पनीले जोखिमांकन(अण्डरराइटिङ) मा कडाई गरेसँगै म्यादी बीमाशुल्क १५ देखि ४० प्रतिशतसम्म वृद्धि हुने भएको छ । पछिल्लो १८ महिनामै एलआइसीले बाहेक निजी क्षेत्रको अधिकांश अन्य बीमा कम्पनीले कोरोना लगायतको म्यादी बीमाको बीमाशुल्क १७ देखि २० प्रतिशतसम्म वृद्धि गरिसकेका छन् ।

भारतीय संचार माध्यमका अनुसार गत मार्च महिनामै जनरल इन्स्योरेन्स कर्पोरेशन(जिआइसी) ले पूनर्बीमा शुल्क वृद्धि गरेको थियो । बीमा कम्पनीहरुले यो शुल्कवृद्धिको भार तत्कालै बीमितहरुमा नथोपरे पनि अब चाँडै नै म्यादी बीमाशुल्क महँगो हुने निश्चित छ ।

Prabhu
Crest

महामारीको पहिलो लहरको तुलनामा दोश्रो लहरमा कोरोना बीमा दाबी दुई तीन गुणाले वृद्धि भएपछि पूनर्बीमा कम्पनीहरुमाथि दाबी भुक्तानीको दबाब बढेको छ । त्यसैले नोक्सानी रोक्नको लागी पूनर्बीमा शुल्क दर पनि वृद्धि गरेका छन् । उमेर, बीमित र व्यक्तिको जीवनशैलीको आधारमा बीमाशुल्क वृद्धि गर्ने तयारी छ ।

अन्तर्राष्ट्रिय पूनर्बीमक म्युनिख रिले ५० प्रतिशतसम्म पूनर्बीमा शुल्क महँगो हुनसक्ने पूर्व जानकारी दिएको भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS