IME Life

थाइल्याण्डमा कोरोना खोपको एलर्जी विरुद्ध क्षतिपूर्ती दिने बीमा योजना लोकप्रिय बन्दै

SPIL
NIC ASIA

काठमाण्डौं । कोरोना खोपको एलर्जी विरुद्ध रक्षावरण गर्न प्रचलनमा ल्याइएको बीमा योजना थाइल्याण्डमा लोकप्रिय बनेको छ । पछिल्लो समयमा थाइ सरकारले खोप अभियानलाई व्यपकता दिएसँगै कोराना रोगविरुद्ध रक्षावरण गर्ने बीमा योजना भन्दा पनि खोपको एलर्जीविरुद्धको बीमा योजनाको माग वृद्धि भएको छ ।

यो बीमाले कोरोना महामारीविरुद्धको खोप लगाएको बीमितको शरीरमा एलर्जी(शरीरमा तत्कालै हुने नकारात्मक असर) देखिएमा क्षतिपूर्ती उपलब्ध गराउँछ । एक वर्ष अवधिको लागी एक सय भाट(थाइल्याण्डको मुद्रा) भुक्तानी गरेर १० लाख भाट सम्मको जोखिम बहन हुने गरी बीमा गर्न सकिने अनलाइन र मोबाइल एप्स भि स्योरमार्फत् बीमा सेवा प्रदान गर्दै आएको बीमा कम्पनी ट्युन इन्स्योरेन्सले उल्लेख गरेको छ । कोरोना खोप लगाएपछि देखिने एलर्जीका कारण अस्पताल भर्ना भएर उपचार गर्नुपरेको अवस्थामा १ लाख भाट र अस्पताल भर्ना भएमा बढीमा १४ दिनसम्म दैनिक १ हजार भाट आय सुरक्षावापत थप रकम उपलब्ध गराउने छ । त्यसैगरी खोप लगाई सकेपछिको परिक्षणमा कोरोना पुष्टी भएमा ५ हजार भाट क्षतिपूर्ती वापत उपलब्ध गराइरहेको छ ।

Prabhu
Crest

त्यसैगरी अचेत(कोमा) अवस्थामा पुगेमा १० लाख भाट क्षतिपूर्ती उपलब्ध गराइने ट्युन इन्स्योरेन्सले उल्लेख गरेको छ । यो बीमा योजना अन्तर्गत पहिलो र दोश्रो मध्ये कुनै एक वा दुबै खोप लगाउँदा एलर्जी देखिएमा क्षतिपूर्ती उपलब्ध गराउने प्रावधान छ । थाइल्याण्डमा कम्तीमा ३० दिनसम्म बसोबास गरेका पर्यटक वा विदेशी नागरिकले समेत यो बीमा योजना खरिद गर्न सक्छन् । एएम बेष्ट रेटिङ एजेन्सीले थाइल्याण्डमा लोकप्रिय बनेको यो बीमा योजना स्वास्थ्य बीमा सेवाको क्षेत्रमा नौलो भएपनि यसमा अण्डरराइटिङको उच्च जोखिम रहेको टिप्पणी गरेको छ ।

नेपालमा केही सर्वसाधारणमा कोरोनाविरुद्धको खोपका कारण एलर्जी भएको सुनिएपनि यसबारे आधिकारिक जानकारी प्रकाशमा आएको छैन । खोप लगाएपछि केही व्यक्तिमा हात दुख्ने, ज्वरो आउने, कमजोरी अनुभूती हुने समस्या देखिएको छ । तर कुनै विशेष एलर्जी भइहालेको अवस्थामा बिरामीले आफ्नै खर्चमा उपचार गराउनुको विकल्प छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS