IME Life

दुई बाणिज्य र दुई बिकास बैंकले बोलाए साधारणसभा

SPIL
NIC ASIA

काठमाण्डौं । आगामी कात्तिक महिनामा दुई वाणिज्य बैंक तथा दुई विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को साधारण सभा आह्वान गरेका छन् । कुमारी बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेशनलले कात्तिक १६ गते साधारण सभा बोलाएका छन् ।

कुमारी बैंकको २१ औं साधारण सभा नक्सालस्थित प्रधान कार्यालयबाट भच्र्युअल माध्यम(इन्टरनेटको माध्यम)बाट गरिनेछ । साधारण सभाले ६ प्रतिशत बोनश शेयर र शेयरको लाभकर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गरिने भएको छ । त्यसैगरी वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरिक्षक नियुक्ति, नगद लाभांश र बोनश शेयर वितरण, प्रबन्ध पत्र नियमावलीमा संशोधन, गाभ्ने,गाभिने वा प्राप्ती गर्ने विषय मुख्य एजेण्डाको रुपमा समावेश गरिएको छ ।

Prabhu
Crest

सिटिजन्स बैंकले १२.९१ प्रतिशत बोनश शेयर र ३.०९ प्रतिशत नगद लाभांशको प्रस्ताव साधारण सभामा पेश गर्ने भएको छ । साथै वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरिक्षक नियुक्ति, संचालक समितिको निर्वाचन, प्रबन्ध पत्र नियमावलीमा संशोधन, गाभ्ने,गाभिने वा प्राप्ती गर्ने विषय मुख्य एजेण्डाको रुपमा समावेश गरिएको छ ।

कामना सेवा विकास बैंकले कात्तिक २३ गते पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा १५ औं साधारण सभा बोलाएको छ । साधारण सभामा १८.५ प्रतिशत बोनश शेयर र ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्न संचालक समितिले गरेको सिफारिसमाथि छलफल र पारित गरिनेछ । त्यसैगरी वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरिक्षक नियुक्ति, प्रबन्ध पत्र नियमावलीमा संशोधन, गाभ्ने,गाभिने वा प्राप्ती गर्ने विषय मुख्य एजेण्डाको रुपमा समावेश गरिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले १७ औं साधारण सभा कात्तिक १६ गते लैनचौर ब्यांक्वेट लैनचौरमा आह्वान गरेको छ । साधारण सभाले १० प्रतिशत बोनश शेयर र ०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । यसैगरी वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरिक्षक नियुक्ति, प्रबन्ध पत्र नियमावलीमा संशोधन, गाभ्ने,गाभिने वा प्राप्ती गर्ने विषय मुख्य एजेण्डाको रुपमा समावेश गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS