IME Life

एनसेलको बजार खुम्चिंदा नेपाल टेलिकम चम्कियो, एनसेलले १ लाख सिमकार्ड बेच्दा टेलिकमले ९ लाख ग्राहक थप्यो

SPIL
NIC ASIA

काठमाण्डौं । चालू आर्थिक वर्षको साउन महिनामा निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको बजार हिस्सा खुम्चिएको छ ।

दूर संचार सेवा क्षेत्रमा गत आर्थिक वर्ष २०७७/७८ मा ४१.५७ प्रतिशत बजार हिस्सा ओगटेको एनसेलको बजार हिस्सा एक महिनाकै अवधिमा ०.७८ प्रतिशतले खुम्चिएको हो । नेपाल दूर संचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार एनसेलको बजार हिस्सा खुम्चिंदा सरकारी स्वामित्वको नेपाल टेलिकमको बजार हिस्सामा सुधार भएको छ । टेलिकमले कूल बजार हिस्सा ०.९२ प्रतिशत अर्थात् झण्डै १ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

एनसेलले गत असारको तुलनमा साउन महिनामा १ लाख ९ हजार ग्राहक संख्या थपेर १ करोड ६४ लाख ३१ हजार पु¥याएको छ । यसमा अधिकांश मोबाइल प्रयोगकर्ता ग्राहक नै छन् भने संघसंस्थाहरुको लागी आवश्यक पर्ने इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या न्यून रहेको छ । नेपाल टेलिकमले भने एक महिनाकै अवधिमा ९ लाख ४ हजार भन्दा बढी नयाँ ग्राहक थप्न सफल भएको छ । आर्थिक वर्ष २०७७/७८ मा टेलिकमको कूल ग्राहक संख्या २ करोड ६ लाख रहेको थियो । आ.व. २०७८/७९ को साउनमा आइपुग्दा टेलिकमको कूल ग्राहक संख्या २ करोड १५ लाख नाघेको छ ।

नेपाल टेलिकमले तारसहितको टेलिफोन सेवा, ताररहित टेलिफोन सेवा, मोबाइल सेवा, फाइबर तार सहितको इन्टरनेट सेवा लगायतको सेवा प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS