IME Life

जीवन बीमा गर्ने शुभ साइत कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । कोरोना महामारीको बीचमै भएपनि अहिले पुरै देश दशैंको मुडमा छ । दशैं पर्व मनाउने घर परिवारमा यसपटकको दशैंमा के लाउने ? विशेष के खाने ? कहाँ जाने ? बारे योजनाहरु बुन्ने काम भइरहेको छ । कतिपय आफ्नो गन्तव्यतर्फको यात्रामा पनि निस्कि सक्नुभएको होला ।

जागिरे महिला हुन् वा गृहणी, दशैंको अवसरमा नयाँ गहना, सवारी साधन, घर जोड्ने आकांक्षा हुन्छ । खासगरी यो समय खर्च गर्ने समय हो भन्ने मानसिकताले पनि सिरानी मुनी लुकाएर राखेको पैसा समेत घरमूलीले मुठी खुला पारेर खर्च गर्न हिच्किचाउँदैनन् । अर्कोतर्फ जागिरे वा व्यापारीहरुले दशैंमा हुने खर्चपर्चको लागी विशेष व्यवस्थापन गरेका हुन्छन् ।

Prabhu
Crest

बचत गर्न सक्ने आम्दानी वा आय श्रोत भएकाहरुको लागी सामान्यतया दशैंमा नगदको प्रवाह पर्याप्त हुन्छ । यो समयमा आफ्नो गच्छे अनुसार लुगाफाटो, गहना, गाडी, घर किन्नु स्वाभाविकै हो । आफ्नो मात्र नभएर परिवारकै भविष्यको आर्थिक सुरक्षाको लागी यस्तो अवसरमा जीवन बीमालाई पनि प्राथमिकतामा पार्न सके सुनमा सुगन्ध हुन्छ ।

दशैंमा जीवन बीमा गर्दा अनिवार्य बचत गर्ने बानी बसाल्न सघाउ पुग्छ । अर्कोतर्फ केही वर्ष पछि दशैंकै समय पारेर बीमांक रकम र बोनश सहितको रकम एकमुष्ठ हात पर्ने भएकोले खुशी उसै पनि दोब्बर हुनेछ । यो बाहेक जीवन बीमाले दिने दुर्घटना मृत्यु लाभ,बीमाशुल्क छुट सुविधा, पूर्ण अपाङ्गता, अस्थायी अपाङ्गता लाभ वा प्राण घातक रोगविरुद्ध रक्षावरणको फाइदा पनि छँदैछ ।

जीवन बीमा गर्न दशैं नै किन ?
जोखिम रक्षावरणको हिसाबले जीवन बीमाको विकल्प अन्य कुनै पनि वित्तीय उपकरणमा नभएकोले जीवन बीमाको लागी शुभ साइत कुर्नु पर्दैन । आफूसँग आम्दानीको श्रोत नियमित छ भने जीवन बीमा आजै गर्न सक्ने आजै उपयुक्त दिन हो । तर दशैंको बेला जागिरे कर्मचारीहरुको दशैं पेश्कीवापत अतिरिक्त आम्दानी हुने, व्यापारीको व्यापार राम्रो चम्किने भएकोले तुलनात्मकरुपमा पैसाको प्रवाह धेरै नै हुन्छ । त्यसैले यस्तो बेलामा बीमाको लागी पैसाको जोहो गर्न अन्य समयमा भन्दा कम तनाव हुन्छ ।

वर्ष दिनमा एक पटक आउने दशैंको बेला हात पर्ने नगदलाई जीवन बीमामै लगानी गरेर पैसाको अभावमा दशैं किन मान्नु रु यो प्रश्न मनमा उब्जिन सक्छ । तर यसो भन्दैमा दशैं नै प्रभावित हुने गरी भएभरको बचत रकम जीवन बीमा योजना खरिद गर्न वा किस्ता तिर्न प्रयोग गर्नु भन्ने होइन ।

आफू र परिवारजनको दशैं खर्चवापतको रकम छुट्टयाएर बाँकी रकमलाई जीवन बीमा योजना खरिद गर्न सदुपयोग गर्न सकिन्छ । अर्कोतर्फ बीमा गर्नु छ वा बीमाको किस्ता रकम तिर्नु छ भन्ने भएपछि दशैंका बेला हुनसक्ने संभावित फजुल खर्च पनि केही हदसम्म नियन्त्रण हुनेछ ।

दशैं खर्च पनि जुटाउन सकिन्छ ?
कहिलेकाहीँ अप्रत्याशित कारणले गर्दा अस्थायीरुपमा आम्दानीको श्रोत सुक्न सक्छ । यस्तो अवस्थामै चाडपर्व आइ परे के गर्ने रु पैसाको खाँचो कसरी टार्ने भन्ने प्रश्नले घेर्न सक्छ । दशैं, तिहार पारेर जीवन बीमा गर्नु भएको छ भने बीमालेखको धरौटीमा बीमा कम्पनीबाट तत्कालै कर्जा लिएर पैसाको खाँचो टार्न सक्नुहुन्छ । जीवन बीमा कम्पनीले तीन वर्षको बीमाशुल्क तिरेको र बीमा गरेको तीन वर्षको अवधि पुरा भइसकेको अवस्थामा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछन् । समर्पण मूल्य प्राविधिक विषय भएकोले यो बुझ्न कठिनाई हुन्छ । यसलाई सामान्य ढंगमा बुझ्दा तपाईले आफूले जम्मा गरेको रकमको ८० देखि ९० प्रतिशतसम्म रकम कर्जावापत झिक्न सक्नुहुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS