IME Life

युनियन लाईफ इन्स्योरेन्सद्वारा पुनको परिवारलाई १० लाख ७० हजार मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
काठमाडौं । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका वडा ५ बिहुँकोट का मृतक ईन्द्र बहादुर पुनको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको १० लाख ७० हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेको छ ।
 गत श्रावण पाँच गते  घाँस काट्न खरबारिमा पुगेका पुन सोही क्रममा भिरबाट लडेर मृत्यु भएको थियो । मृतक पुनको परिवारमा श्रीमति, तीन छोरि, एक छोरा गरि ६ जना को परिवार थियो भने आर्थिक अवस्था कमजोर रहेको थियो । मृतक पुनले किसानि गरेर जेनतेन परिवारको गुजारा चलाइरहेका थिए ।
 युनियन लाइफ इन्स्योरेन्स कम्पनी बाग्लुङ शाखाको टिमले मृतकको घरमै गएर एक कार्यक्रमको आयोजना गरि मृतक पुनकी श्रीमती जमुना पुनलाइ उक्त बीमा दुर्घटना दाबी रकम हस्तान्तरण गरेको थियो । मृत्यु दाबी भुक्तानी गर्दै कम्पनिका गण्डकी प्रदेश उपप्रमुख बलराम गौतमले बीमालाई सामान्य रुपमा लिने प्रचलन रहेकाले अझै पनि समाजमा यसबारे जनचेतना फैलाउनु पर्ने आवस्यकता रहेको बताए । गौतमले आफ्नो बीमा गरि भैपरी आउने जोखिम बीमा कम्पनिलाइ हस्तान्तरण गरि सुरक्षीत हुन सम्पुर्ण नेपालिलाइ आग्रह समेत गरेका छन ।
सो अवसरमा कम्पनिका बाग्लुङ शाखा प्रबन्धक कमल सापकोटाले जीवन बीमाको  महत्त्व र  कम्पनिका बीमा योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा वार्ड नम्बर ५ का वार्डअध्यक्ष शिव प्रसाद कंडेल, अमर माध्यामिक बिद्यालयका प्रधानाध्यापक भीष्म कंडेल, एजेन्सी म्यानेजर प्रकाश कुवर, समाजसेवी प्रेम पुन लगायतले बोलेका थिए ।
युनियन लाईफ इन्स्योरेन्स कम्पनी  बाग्लुङ शाखाका शाखा प्रबन्धक कमल सापकोटाको अध्यक्षतामा  सम्पन्न कार्यक्रमको स्वागत सिनियर एजेन्सी म्यानेजर तथा एम डि आर टि नानिमाया सापकोटा र संचालन एजेन्सि म्यानेजर राजु सापकोटाले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS