IME Life

दशैंको मुखैमा लगानीकर्ता निरास, दशैं पछि के होला ?

SPIL
NIC ASIA

काठमाडौं । दशैं को पूर्वसन्ध्यामा शेयर बजार ४१.६९ अंकले तल झरेको छ । लगानीकर्ता आइतबार र सोमबार शेयर बजार बढ्ने अपेक्षा गरेका थिए । तर असोज ३१ गते बजार तल झर्न सक्ने आकलन गर्दै लगानीकर्ताले हिजो र आज शेयर सप्लाइ बढाउदा सूचक ह्वात्तै घट्यो । गत १८ गतेदेखि शेयर बजार सुधार भइरकेको थियो । तर दशै विदा हुनु भन्दा दुई दिन अगाडी भने घट्यो । आज नेप्से सूचक २३.१९ अंकले तल झरेर २६३९.२७ अंक कायम भएको छ । म्युचुअल फण्ड र लगानीको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचक तल झरेका छन् ।

अधिकांश  लगानीकर्ताले दशै पछि एक साता शेयर बजारमा ठुलै पहिरो खस्छ भन्ने अनुमान गरेका छन् । त्यहि आकलनले गर्दा कतिपय लगानीकर्ताले दशैको पुर्व सन्ध्यामै शेयर बिक्री गरेर बाहिरिन खोजे । अहिले शेयर बिक्री गर्ने र कार्तिक पहिलो सातामा घटेको मुल्यमा शेयर उठाउने अधिकाम्सको रणनीति देखिन्छ ।

Prabhu
Crest

असोज ३१ गते बैंक तथा वित्तीय संस्थाले कार्तिक महिनाको लागि निक्षेप तथा कर्जाको व्याजदर सार्वजनिक गर्नेछन् । कात्तिक महिनाका लागि तय हुने व्याजदर बढ्ने आकलन गरिएको छ । शेयर बजार र व्याजदर ‘इन्भर्स रिलेसन’ रहेको हुन्छ । यहि सम्बन्धलाई आकलन गर्दै लगानीकर्ताले अहिलेदेखिनै शेयर बिक्री गर्न थालेका हुन् ।

कात्तिक पहिलो साता व्याजदरको कारणले तल झरे पनि त्यस पछिको अवस्थामा भने केहि बढ्न सक्ने अनुमान गरिएको छ । बजारबाट ठुला लगानीकर्ताले लगानी फिर्ता लगिसकेकाले गर्दा बजार छिट्टै तङ्ग्रिन सक्ने अवस्था छैन । बजार विश्लेषकहरुका अनुसार कात्तिक महिनाका लागि तय हुने व्याजदरले आगामी दिनको शेयर बजारको यात्रा तय गर्ने छ । यदि तरलता अभाव थप चुलिदै जाने हो र व्याजदर दोहोरो अंकमा पुग्ने हो भने शेयर बजार छिट्टै सुधार हुनेवाला छैन ।

तर कात्तिकमा बैंकिङ तरलता केहि सहज हुने र व्याजदर स्थिर रहने अवस्था आयो भने मात्रै शेयर बजारले सकारात्मक रियाक्ट गर्नेछ । अन्यथा शेयर बजारले छिट्टै गति लिन सक्ने देखिदैन । अर्को तर्फ सरकारले स्थानीय निकाय तथा संघिय चुनाव गर्न सक्ने वातावरण बन्यो भने शेयर बजारले पुनः अर्को अधिकतम विन्दु चुम्ने निश्चित छ ।

तर यसका लागि कति समय कुर्नु पर्छ निश्चित छैन । चुनाव हुने भयो भने ठुला लगानीकर्ता बजारमा प्रवेश गर्नेछन् । चुनावको बहानामा उनिहरुले आफ्नो ठुलो स्रोत शेयर बजारमा प्रयोग गर्ने छन् । चुनाव भयो भने कालोधन बजारमा आउने र त्यसले बजारमा तरलता सहज बनाउने विश्लेषकहरु बताउछन् । तर चुनावको समयमा नेताहरु आफै शेयर बजारमा आएर लगानी गर्ने र बजार बढ्ने होइन । यहि सूचनालाई टेकेर शेयर बजारमा खेल्नेहरु धेरै हुन्छन् ।

कात्तिक पछि बैंकिङ प्रणालीमा निक्षेप बढ्नुका साथै कर्जा असुली हुने भएकाले तरलता सहज हुने अनुमान गर्न सकिन्छ । अर्को तर्फ सूचिकृत कम्पनीहरुले पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने छन् । पहिलो वित्तीय विवरणमा राम्रो मुनाफा देखिने कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्नेछ ।

पहिलो त्रैमाशिक व्याज र किस्ताको ह्याङओभर सकिने भएकाले कार्तिकमा शेयर बजार बढ्न सक्ने विश्लेषकहरु बताउछन् । व्यापार व्यवसायमा राम्रो मुनाफा कमाएका लगानीकर्ताहरु पुनः शेयर बजारमा प्रवेश गरे पनि शेयर बजार थप बढ्ने छ । तर उनिहरुको रोजाइमा शेयर बजार भन्दा पनि घरजग्गा भइदियो भने शेयर बजारले गति लिने सम्भवाना कम छ । केहि ठुला लगानीकर्ताले अब शेयर बजार बियरिस ट्रेण्डमा प्रवेश गर्यो भन्दै सार्वजनिक फोरममा बोल्दै हिडेकाले पनि हिजो र आज शेयर बजार तल झरेको हो ।

सोमबारको कारोबार जम्मा तीन अर्ब ६३ करोड रुपैयाँको मात्रै छ । यदि बजार सुधार हुन्छ भन्ने लागेको थियो भने घटेकै मूल्यमा भए पनि लगानीकर्ताले शेयर खरिद गर्थे । घट्दो बजारलाई कारोबार रकमले साथ दिएको छैन । यसैले गर्दा पनि लगानीकर्ताहरु अझै केहि समय पर्ख र हेरको अवस्थामा रहन सक्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS