IME Life

बैंकका सिइओको कुलिङ पिरियडमा थप कडाइ, ६ महिनासम्म कुनै पनि हैसियतमा काम गर्न नपाउने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतहरुको कुलिङ पिरियडमा थप कडाइ गरेको छ । केहि बैंकका प्रमुख कार्यकारी अधिकृतहरु आफ्नो सेवा अवधि लगत्तै सञ्चालक वा त्यो भन्दा तल्लो पदमा जागिर खान जाने प्रचलन थियो ।

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७७ संसोधन गर्ने क्रममा यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैकबाट इजाजतपत्र प्रात संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत प्रचलित व्यवस्थाको अधीनमा रही पुनर्नियुक्ति पाएको अवस्थामा बाहेक जुनसुकै कारणले आफ्नो सेवाबाट निवृत्त भए पछि कम्पतिमा ६ महिनाको अवधि व्यतित नभई कुनै पनि इजाजतपत्र प्राप्त संस्थामा प्रमुख कार्यकारी अधिकृत लगायत कुनै पनि हैसियतमा काम गर्न नपाउने व्यवस्था गरिएको हो । साथै प्रमुख कार्यकारी अधिकृत जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनः सोही कार्यकाल वा ६ महिना मध्ये जुन बढी हुन्छ सो अवधि व्यतित नभई सोही संस्थामा संचालक लगायत अन्य कुनै पनि हैसियतमा कार्य गर्न पाउने छैन । त्यसै गरी बाणिज्य बैंकमा कार्यरत दोस्रो वरियताको पदाधिकारी सेवाबाट हटेपछि ६ महिनाको अवधि व्यतित नभई इजाजतपत्र प्राप्त संस्थाको समान प्रकृतिको पदमा नियुक्त हुन पाउने छैन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS