IME Life

आजदेखि एक्सेल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर आजदेखि निष्काशन तथा विक्री हुने भएको छ । कम्पनीले १० बरावर ३ को अनुपातमा एक सय रुपैयाँ अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रद शेयरमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि असोज १ गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा भदौ ३१ गतेसम्म कायम शेयधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले आईआर त्रिपल बि माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको देखाउँछ ।

हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । एक्सेल डेभलपमेण्ट बैंकका सम्पूर्ण शाखा कार्यलयहरु,आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने छ ।

हाल कम्पनीको चुक्तापूँजी ८१ करोड ११ लाख रहेको छ । ३० प्रतिशत हकप्रद शेयर निष्काशन पछि कम्पनीको पूँजी १ अर्ब ५ करोड पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS