IME Life

ठगदेखि सावधान !

SPIL
NIC ASIA
काठमाडौं। हालैको एक साँझ एकजना अपरिचित महिलाले जीवन बीमा गर्दा ५ प्रतिशत छुटको स्किम कहिले सम्म छ भन्दै जिज्ञासा सहित पठाएको सन्देश फेसबुक मेसेन्जरमा देखे। अज्ञानतावश उनले ०.५ प्रतिशतलाई ५ प्रतिशत भन्ने ठानिन् भन्दै मैले यो छुट मोबाइल वालेट(डिजिटल भुक्तानी सेवा प्रदायक) ले अहिले सीमित अवधिको लागि मात्र उपलब्ध गराएको भन्दै प्रष्ट्याउने कोशिश गरे।
यसबारे प्रकाशित समाचारको लिंक पनि पठाए। तर उनले अझ प्रष्ट हुन खोज्दै सोधिन्, अहिले बीमा गरेमा बीमा अवधिभर नै बीमाशुल्क किस्तामा ५ प्रतिशत छुट पाइन्छ हो? यस पटक चाहिँ उनको जिज्ञासाले उनी कुनै गलत सूचनाको शिकार भएको आभाष मिल्यो । तपाईले कस्तो बीमा योजनाबारे जिज्ञासा राख्नु भएको हो? भन्ने प्रश्नमा उनले भनिन्, ५ प्रतिशत रकम हरेक वर्ष छुट पाइने र २० वर्षपछि डब्बल पैसा पनि पाइन्छ नि, हो त्यही बीमा! बेलिबिस्तारमा बुझ्दै जाँदा उनलाई कुनै अभिकर्ताले एकदम झूठो जानकारी र आश्वासन दिएर फँसाएको रहेछ, अझ भनौं ठगी नै गरेको रहेछ। र वार्षिक रु. ४५ हजार किस्ता तिर्ने गरी जीवन बीमा गराई दिएको रहेछ।
कसरी ठगिएकी रहेछिन् उनी?
जीवनमा पहिलो पटक जीवन बीमा गरेकी उनी सामान्य परिवारको गृहणी हुन्। घर खर्च चलाउन आफ्नो हात परेको नगदबाट जोगाएको रकम एकजना चिनजानको अभिकर्ताले दिएको जानकारी र आश्वासनको भर परेर उनले जीवन बीमामा लगानी गरिन् । बीमा गरेको एक वर्षपछि हरेक वर्ष बीमांक रकमको ५ प्रतिशत रकम अग्रिम भुक्तानी पाइने बीमा योजनाबारे बिल्कुलै गलत जानकारी दिएर उनलाई ‘बीमाको शिकार’ बनाइएको रहेछ।
वार्षिक अग्रिम भुक्तानीको सुविधा रहेको यो बीमा योजना अन्तर्गत बीमा अवधिभर ५ प्रतिशत रकम अग्रिम भुक्तानी प्राप्त हुन्छ र बीमा अवधि पुरा भएपछि बीमितलाई बिमांकको बाँकी रकम र बोनश रकम एकमुष्ठ भुक्तानी प्राप्त हुन्छ। उदाहरणको लागि कुनै बीमितले वार्षिक रु. ७५ हजार भुक्तानी गर्ने गरी रु.१० लाख बीमांकको यो बीमा गरेको छ। बीमितले पहिलो किस्तावापत रु.७५ हजार भुक्तानी गर्छ। एक वर्ष अवधि पुरा भएपछि र दोश्रो किस्ता रकम तिर्ने समयदेखि हरेक वर्ष बीमितले बीमांक रकम रु.१० लाखको ५ प्रतिशत रकम अर्थात् रु.५० हजार अग्रिम भुक्तानी प्राप्त गर्छ। दोश्रो किस्ता तिर्ने समयमा बीमितसँग दुईवटा विकल्प उपलब्ध हुन्छ, पहिलो विकल्प, पुरै रु.७५ हजार बीमाशुल्क किस्ता तिर्ने र अग्रिम भुक्तानीवापतको रु.५० हजार आफूले भुक्तानी लिने।
दोश्रो विकल्प, अग्रिम भुक्तानी वापतको रकम भुक्तानी नलिएर बीमाशुल्क किस्तामै समायोजन गर्ने र बाँकी रकम रु.२५ हजार मात्र आफूले बीमाशुल्क किस्ता वापत बाँकी अवधिभर भुक्तानी गर्ने। तर अभिकर्ताले उनलाई बीमा गरेको १ वर्ष पुरा भएपछि बीमाशुल्क किस्तामा हरेक वर्ष बीमांकको ५ प्रतिशत रकम छुट पाइन्छ,बीमा अवधि पुरा भएपछि रु. १० लाखको रु. २० लाख पाइन्छ भन्ने गलत जानकारी दिएर बीमा गराई दियो। अभिकर्ताले ती महिलालाई बीमा कम्पनीले दशैंको लागि मात्र ‌यो योजना ल्याएकोले मौकाको फाइदा उठाउन उक्साएको समेत रहेछ। वास्तविक अवस्थाबारे प्रष्ट भएपछि उनी आफू ठगिएकोमा पछुतो र अभिकर्ताले ढाँटेकोमा दुखित हुँदै उनले सोधिन्, अब मैले मेरो पैसा फिर्ता लिन के गर्नुपर्छ? तीन वर्षको किस्ता नतिरेसम्म र तीन वर्ष पुरा नहुँदासम्म बीमा बन्द गर्न पाइन्न भन्ने प्रतिकृया पछि उनी एकछिन अवाक भइन् ।
ठगिएकी उनी अब कहाँ जाने ?
यो प्रश्नको जवाफ दिन म असमर्थ थिएँ। किनकी उनी र अभिकर्ताबीचको संवादको कुनै कागजी प्रमाण थिएन। यहाँ प्रश्न उठ्छ उनीजस्ता सोझासाझा आखिर कहिलेसम्म ठगिने? वार्षिक अग्रिम भुक्तानी बीमा योजनालाई लिएर शुरुदेखि नै अधिकांश अभिकर्ताले गलत रुपमा बीमितलाई बुझाएका छन् र आफ्नो स्वार्थको लागि भिडाएका छन् ।‌यो ठगी रोक्न नियामक निकाय बीमा समितिले तत्कालै यो योजना बन्द गराउने वा अभिकर्ताले प्राप्त गर्ने कमिशन र अभिकर्ताको व्यवसायीक लक्ष्यमा एकदमै नगण्य गणना हुनेगरी व्यवस्था गर्नु जरुरी छ।
यो बीमा योजनाको आडमा भइरहेको अर्को गलत अभ्यास के हो भने, बीमालेख समर्पण गरेको अवस्थामा कुनैपनि जीवन बीमकको लागि कुनैपनि बेला यो घाटाको व्यापार बनिदिन्छ। वित्तीय जोखिमको आधारमा यो बीमा योजनामा पर्याप्त कमजोरीकै कारण बीमांकीले समेत एकदमै कमजोर बोनश दर तोकेका छन्।
बीमा गर्नलाई अभिकर्ता वा अरुले दिएको जानकारी सही, गलत के हो यकीन गर्न सम्बन्धित बीमा कम्पनीको प्रधान कार्यालय वा नजिकको शाखा कार्यालयमा सम्पर्क गरेमा ठगिने सम्भावना कम हुन्छ। त्यसैले जीवन बीमा गर्दा राम्ररी बुझेर मात्र गर्नुहोस् र ठग बाट जोगिनुहोस्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS