IME Life

४० कम्पनीले घोषणा गरे लाभांश, कसको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । दोस्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये अहिलेसम्म ४० वटाले मात्रै लाभांश घोषणा गरेका छन् । गएका वर्षमा कतिपय कम्पनीहरुले दशै अगाडी नै लाभांश घोषणा सँगै साधारणसभा नै सम्पन्न गर्थे । दशै अगाडि साधारणसभा सम्पन्न हुँदा शेयरधनीहरुले नगद लाभांशलाई दशै खर्चका लागि उपयोग गर्न पाउथे । तर यस पटक भने त्यस्तै अवस्था छैन । अहिलेसम्म ४० वटाले लाभांश घोषणा गरेका छन् । अधिकाम्सले दशै पछाडी मात्रै साधारणसभा गर्ने योजना बनाएका छन् ।

केहि जलविद्युत कम्पनीले दोस्रो बजारमा भाउ बढाउन हतार हतार बोनश शेयर र हकप्रद शेयरको प्रस्तावलाई पारित गरे पनि नगद लाभांश वितरण गर्ने कम्पनीहरुको साधारणसभा आउन अझै केहि समय बाँकी छ । अहिले लाभांश घोषणा गरेकाले भने तिहारमा खर्च जोहो गराउने देखिन्छ । सबैभन्दा धेरै लाभांश घोषणा गरेको युनिलिभरले कार्तिक ११ गते साधारणसभा डाकेको छ ।

Prabhu
Crest

त्यस्तै २९ प्रतिशत नगद लाभांश घोषणा गरेको शिवम सिमेन्टले पनि कार्तिक १६ गते साधारणसभा गर्ने भएको छ । लाभांश घोषणा गर्ने मध्ये अधिकाम्सको प्राथमिकतामा बोनस शेयर रहेको छ । शिवम, युनिलिभरले नगद लाभांश घोषणा गरे पनि बाँकी कम्पनीहरुले बोनस शेयर दिएका छन् । त्यस्तै म्युचुअल फण्डले साउन भदौ महिनामै नगद लाभांश वितरण गरिसकेका छन् ।

कुन कम्पनीको लाभांश कति  

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS