IME Life

माइक्रोफाइनान्सको पूँजी बृद्धिलाई निरुत्साहित पार्ने राष्ट्र बैंकको नीतिका बाबजुद आकर्षक बोनश शेयर दिदै

SPIL
NIC ASIA

काठमाडौं । लघुवित्त वित्तीय संस्थाको संख्या घटाउने नीति लिएको नेपाल राष्ट्र बैंकले पूँजी बृद्धि योजनामा कडाइ गर्दै आइरहेको छ । लघुवित्तको हकप्रद शेयर निष्काशनलाई रोकिएको छ । अर्को तर्फ बोनश शेयर मार्फत पूँजी बढाउने योजनालाई पनि निरुत्साहित गरिएको छ ।

यसले गर्दा अधिकाम्स माइक्रोफाइनान्स पूँजी बढाउनु पर्ने दवावमा छन् । थप व्यवसाय विस्तारका लागि उनिहरुलाई थप पूँजीको आवस्यकता परिरहेको छ । तर पूँजी बढाउने उपायहरुमा प्रतिवन्ध लगाइएको छ । मर्जरमा जान बाध्य पार्ने गरि यस्तो नीति लिइए पछि खासै फलदायी भने बन्न सकेको छैन ।

Prabhu
Crest

मर्जरमा जान बाध्य बनाइए पनि अधिकाम्स लघुवित्तहरु मर्जरमा सहभागी हुने छाटकाट देखिदैन । मर्जर आफैमा जटिल काम हो । यसले गर्दा राष्ट्र बैंकको नीतिलाई पालना गर्ने तर मर्जरमा सहभागी नहुने लघुवित्तको आन्तरिक रणनीति देखिन्छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत लघुवित्तले ३० प्रतिशत भन्दा धेरैको नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरिएको छ । त्यस्तै २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनश) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ ।

तर केहि लघुवित्तले पूँजी बढाउनै पर्ने बाध्यताले गर्दा २० प्रतिशत भन्दा धेरैको बोनश शेयर घोषणा गरिरहेका छन् । हालसम्म १७ वटा लघुवित्तले लाभांश घोषणा गरिसकेका छन् । जस मध्ये १२ वटाले २० प्रतिशत भन्दा माथि लाभांश घोषणा गरेका छन् । २० प्रतिशत भन्दा माथिको लाभांश घोषणा गर्नेले २० प्रतिशत भन्दा माथिको लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा राखिएको छ । कतिपयको बुझाइमा यसरी छुट्टाइएको रकम शेयरधनीहरुलाई वितरण गर्न नमिल्ने कोषमा राखिन्छ । यसरी व्यवस्था गरिएको रकमबाट भोलिका दिनमा लाभांश दिन पाउने या नपाउने त्यस्तो खासै कडा नियम छैन । यदि यस्तो कोषबाट लाभांश वितरण गर्नु परेमा नेपाल राष्ट्र बैंकबाट अनुमति लिनु पर्ने राष्ट्र बैंकका सहायक प्रवक्ता नाराणण प्रसाद पोखरेलले जानकारी दिए ।

लघुवित्तले पूँजी बढाउन ५० प्रतिशत रकम साधारण जगेडा कोषमा राखेरै भए पनि बोनश शेयरको घोषणा गरिरहेका छन् । आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गर्यो । महिलाले ५ करोड रुपैयाँ लाभांश घोषणा गर्दा नियम अनुसार डेड करोड रुपैयाँ साधारण जगेडा कोषमा जम्मा गर्नु पर्छ । महिलाले ५० प्रतिशत लाभांश वितरणका लागि १५ प्रतिशत लाभांश वितरण गर्न पुग्ने रकम जगेडा कोषमा जम्मा गर्नु परेको हो ।

यस्तै गरी अन्य लघुवित्तले पनि बोनश शेयरलाई प्राथमिकता दिदै २० प्रतिशत भन्दा धेरै लाभांश वितरण गरिरहेका छन् । अहिलेसम्म लाभांश वितरण गर्नेहरुलाई हेर्ने हो भने औषत लाभांश वितरण २३.५९ प्रतिशत छ । जस मध्ये २१.५४ प्रतिशत बोनश शेयर र बाँकी २.०५ प्रतिशत नगद लाभांश वितरण गरेका छन् ।

राष्ट्र बैंकले अहिलेलाई उक्त रकम साधारण जगेडा कोषमा जम्मा गर्न निर्देशन दिए पनि भोलिका वर्षमा राष्ट्र बैंकले पोलिसी परिवर्तन गर्न सक्छ । उक्त साधारण जगेडा कोषको रकमलाई लाभांश वितरण गर्न मिल्ने व्यवस्था पनि गरिदिन सक्छ । गत वर्ष लाभांश वितरण गर्न तर्सिएका लघुवित्तहरु यस पटक भने केहि हदसम्म आक्रामक देखिएका छन् । हकप्रद र मर्जरबाट पूँजी बढाउन नसके पनि बोनश शेयर दिएरै पूँजी बढाउने रणनीति उनिहरुको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS