IME Life

नेशनल लाइफद्धारा चार मृतकका परिवारलाई ७८ लाख ७५ हजार बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एकै दिन मोरंगको केराबारीमा चारजना आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले केराबारी ३ का राजु देवान,वडा नं १० का चुरानसिंह विक, हस्तवहादुर (सनम ) मगर, बेलबारी ८ भाउनेका रञ्जित सूब्बा लिम्बूको निधनपछि आश्रित परिवारलाई मृत्यु वापतको ७८ लाख ७५ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीमा ०७७ मंसिर ३० गते ५० लाखको बीमा गरेका केराबारी ३ का राजु देवानको ०७८ श्रावन ३१ गते कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो । देवानको श्रीमति गंगामाया लिम्बूलाई कम्पनीका प्रदेश प्रमुख नरेन्द्र राईले ५१ लाख ८६ हजार ६सय ६७ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । देवानले १५ वर्षे अवधिको बीमा गरी ४ लाख ६६ हजार रुपैया प्रिमियम जम्मा गरेका थिए ।

Prabhu
Crest

त्यसैगरी का केराबारी १० का समाजसेवी, राजनीतिककर्मी चुरानसिंक विकको श्रीमतिलाई पनि मृत्यु दावी अन्र्तगत बीमाङ्क र ६ वर्षको बोनस सहित ६ लाख ८८ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गरिएको हो । उनले ६ वर्ष अघि ५ लाखको बीमा गरी वार्षिक ४३ हजार २ सय २८ रुपैया प्रिमियम वुझाउँदै भएका थिए ।

केराबारी १० का बीमिति हस्तवहादुर (सनम) मगरको श्रीमति कविता मगरलाई १ लाख रुपैयाको चेक हस्तान्तरण गरेको छ । बीमित श्रायन मगरको प्रस्तावक रहेका बुबा हस्तवहादुर मगरको मृत्युपछि आश्रित परिवारका तर्फबाट कवितालाई सो रकम प्रदान गरिएको हो ।

त्यस्तै, बैदेशिक रोजगारीका क्रममा निधन भएका बेलबारी ८ भाउन्नेका बीमित रञ्जित सूब्बा लिम्बूको श्रीमति बबि सूब्बा लिम्बूलाई पनि १४ लाख रुपैयाको चेक प्रदान गरिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS