महिला लघुवित्तको सुरुमै ५० प्रतिशत लाभांश घोषणा, आइपिओ बिक्री नगर्ने मालामाल

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले पहिलो पटक नै ५० प्रतिशत लाभांश घोषणा गरेको छ । गत वर्ष मात्रै आइपिओ जारी गरेको महिलाले ४५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १० करोड रुपैयाँको ४५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै वितरण हुनेछ । प्रस्तावित बोनश शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी १४ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार