IME Life

स्वीस रिलाई पछि पार्दै म्युनिच रि बन्यो विश्वकै नम्बर एक पूनर्बीमा कम्पनी

SPIL
NIC ASIA

काठमाण्डौं । जर्मनीमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय पूनर्बीमक म्युनिच  रिइन्स्योरेन्स पुनः विश्वको नम्बर एक पूनर्बीमा कम्पनी बन्न सफल भएको छ । कूल बीमाशुल्क आम्दानीको आधारमा लगातार विश्वको शीर्ष स्थानमा रहेको स्वीट्जर ल्याण्डको स्वीस रिइन्स्योरेन्सलाई म्युनिच  रिइन्स्योरेन्सले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

रेटिङ एजेन्सी एम बेष्ट रेटिङले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२० मा भएको आम्दानीको आधारमा म्युनिच  रिले स्वीस रिलाई पछि पारेको हो । म्युनिच रिले सन् २०२० मा कूल ४५.९ अर्ब अमेरिकी डलर( झण्डै ५५ खर्ब ७ अर्ब ६० करोड नेपाली रुपैयाँ) पूनर्बीमा शुल्क आम्दानी गरेको थियो । दोश्रो स्थानमा झरेको स्वीस रिको आम्दानी यो अवधिमा ३६.५८ अर्ब अमेरिकी डलर(झण्डै ४३ खर्ब ८९ अर्ब २८ करोड नेपाली रुपैयाँ) आम्दानी गरेको छ ।

Prabhu
Crest

यी दुई पूनर्बीमा कम्पनीले विश्वको कूल पूनर्बीमा बजारको २५ प्रतिशत हिस्सा ओगटेका छन् । सन् २०१७ मा पहिलो स्थानबाट खस्किएको म्युनिच रिइन्स्योरेन्स ३ वर्षपछि पुनः पहिलो स्थानमा फर्किन सफल भएको हो । एएम बेष्टले विश्वका पूनर्बीमकहरुको श्रेणीकरण गर्दा अपनाउने विधिमा केही परिमार्जन गरेकाले पनि म्युनिच रि प्रथम स्थानमा उक्लिन सघाउ पुगेको हो । एएम बेष्टले प्रत्यक्ष बीमाशुल्क आम्दानीको अंकलाई हटाएर वर्षको अन्त्यसम्ममा प्राप्त कूल पूनर्बीमा बीमाशुल्क(ग्रस रिटेन प्रिमियम) लाई मात्र लिएको छ ।

हनोभर रि इन्स्योरेन्स ३० अर्ब अमेरिकी डलर पूनर्बीमा शुल्क आम्दानीसँगै तेश्रो ठूलो अन्तर्राष्ट्रिय पूनर्बीमकको रुपमा कायमै रहेको छ । भारतीय पूनर्बीमा कम्पनी जेनरल इन्स्योरेन्स कर्पोरेशन अफ इण्डिया(जिआइसी) ६.४८ अर्ब अमेरिकी डलर अर्थात् ७ खर्ब ७७ अर्ब ५४ करोड नेपाली रुपैयाँ पूनर्बीमा शुल्क आम्दानीसँगै १३ औं स्थानमा रहेको छ ।

नेपालका पुराना जीवन बीमा कम्पनीहरुमध्ये अधिकांशले जर्मनीको हनोभर रिइन्स्योरेन्स र फ्रान्सको स्कर से पूनर्बीमा कम्पनीबाट पूनर्बीमा समर्थन प्राप्त गरेका छन् । त्यसैगरी भारतको जनरल इन्स्योरेन्स कर्पोरेशनले चाहिं अधिकांश नेपाली निर्जीवन बीमा कम्पनीको पूनर्बीमा गर्दै आएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS