IME Life

युवा संग- महालक्ष्मी लाईफ : बेलौरी र टिकापुरमा जनचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ भित्र २५ वटा भन्दा बढी जिल्लामा “युवा संग- महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने लक्ष्य लिएको छ । सोही अभियान अन्तर्गत सुदुरपश्चिमको बेलौरी कंचनपुर र टिकापुर कैलालीमा ” युवा संग – महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ ।

Prabhu
Crest

बेलौरीको महाकाली बहुमुखि क्याम्पसमा मिति २०७८ आश्विन १७ गते सम्पन्न कार्यक्रममा स्नातक तहका १५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । क्याम्पस प्रमुख धर्मराज जोशीको अध्यक्षतामा भएको बीमा जनचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख गंगा प्रसाद रिजाल, कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले कार्यक्रमको महत्व बारेमा मन्तव्य राख्नु भएको थियो । कम्पनीका बेलौरी कार्यालय प्रमुख प्रदिप तिवारीले संचालन गर्नु भएको कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमा बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

त्यसै गरी आज विहान कैलालीको टिकापुर स्थित टिकापुर बहुमुखि क्याम्पसमा पनि “युवा संग- महालक्ष्मी लाईफ”  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७० भन्दा बढिको सहभागिता थियो । निमित्त क्याम्पस प्रमुख धन कृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागी विद्यार्थीहरुलाई बीमा बारे प्रशिक्षण दिएका थिए । कम्पनीले यस अघि पर्सा, बारा, रौतहट, मोरङ र कैलाली जिल्लामा कार्यक्रम सम्पन्न गरिसकेको छ । भने यसै हप्ता म्याग्दी, वागलुङ र तनहुमा कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS