IME Life

कुमारी बैंकको ८.६७ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी १४ अर्ब ७१ करोड पुग्ने

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ । असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैयाँको ६ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित २.६७ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृतको लागि नेपाल राष्ट्रमा पेश गर्ने र राष्ट्र बैंकबाट स्वीकृत भए पछि आगामी साधारणसभामा पेश गर्ने गरि उक्त लाभांश घोषणा गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा लाभांश दर घटाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १४ प्रतिशत लाभांश दिएको थियो ।

Prabhu
Crest

बैंकले यस पटक वितरण योग्य मुनाफाबाट मात्रै लाभांश घोषणा गरेको हो । बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर ८३ करोड २७ लाख रुपैयाँ वितरण पछि चुक्ता पूँजी १४ अर्ब ७१ करोड रुपैया पुग्नेछ । शेयरधनीहरुले ३७ करोड ६ लाख रुपैयाँ नगद पनि प्राप्त गर्नेछन् ।

यस्तो छ विगत एक दशकको लाभांश वितरण 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS