IME Life

समितिले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता र मूल्याङ्कनकर्तालाई तालिम दिने प्रशिक्षक खोज्दै

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता, कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिममा प्रशिक्षक बन्न चाहनेको रोष्टर बनाउने भएको छ । समितिले योग्यता पुगेका विज्ञहरुलाई १५ दिन भित्रमा इमेल मार्फत आफ्नो विवरण पेश गर्न अनुरोध गरेको छ ।

बनस्पति, पशुपन्छी तथा बन सम्बन्धी विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरेकाले प्रशिक्षकको काम गर्न पाउने समितिले जनाएको छ । त्यस्तै उनिहरुले कृषि तथा पशुपन्छीसँग सम्बन्धित सरकारी, सार्वजनिक निकाय, एनजिओ, आइएनजिओमा काम गरेको हुनुपर्नेछ । विद्यालय, विश्वविद्यालयमा सम्बन्धित विषयमा कम्तिमा ५ वर्ष अध्यापन गरेको भए पनि हुनेछ ।

Prabhu
Crest

सम्बन्धित विषयमा योग्यता प्राप्त गरी बीमा कम्पनीमा अधिकृत स्तरमा ५ वर्षको कार्य अनुभव प्राप्त गरेकाले पनि रोष्टरका लागि आवेदन दिन सक्ने छन् । योग्यता पुगेकाहरुले समितिले तोकेका इमेल ठेगानामा आफ्नो विवरण पेश गर्न सक्ने छन् ।

नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमालाई प्रवर्द्धन गर्नका लागि बीमा शुल्कको ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । तर बजारमा प्रायाप्त अभिकर्ता तथा मूल्याङ्कनकर्ता नहुँदा समस्या शिर्जना हुँदै आएको छ । समितिले विभिन्न स्थानीय निकायमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम तथा अन्तर्क्रियाका क्रममा सहभागीहरुले कृषि तथा पशुबीमाका लागि अभिकर्ता तथा मूल्याङ्कनकर्ता नहुँदा बीमा गर्न नपाएको भन्दै गुनासो गरेका थिए ।

बीमा कम्पनीहरुले पनि यस्तो बीमाका लागि उपेक्षा गर्दै आएका छन् । बजारमा प्रर्याप्त मात्रामा अभिकर्ता नहुँदा उनिहरुले कृषकहरु सँग उल्टै शुल्क समेत लिने गरेको पाइएको छ । यदि समितिले ठाउँ ठाउँमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता बनाउने हो भने उक्त समस्या समाधान हुने विज्ञहरु बताउछन् ।

स्थलगत निरिक्षणकै क्रममा यस्ता समस्या भएको पाइए पछि समितिले तत्कालका लागि प्रशिक्षकको रोस्टर तयार पार्ने र राम्रा प्रशिक्षकको छनोट गरी तालिम सञ्चालन गर्न योजना बनाएको छ । बजारमा जति धेरै योग्य अभिकर्ताको उत्पादन गर्न सकिन्छ कृषि तथा पशुपन्छी बीमा पनि फस्टाउने समितिको ठहर छ ।

अभिकर्ताको अभावमा नेपाल सरकारले दिएको सहुलियत वास्तविक कृषकहरुले प्राप्त गर्न सकिरहेका छैनन् । जसलाई बीमाको आवस्यकता छ उनिहरु पहुँच भन्दा बाहिरै रहने तर ठुला ठुला व्यवसायीहरुले मात्रै यसको सुविधा उपभोग गरिरहेका छन् । प्रारम्भिक दिनमा कृषि तथा पशुपन्छी बीमामा ठुलो घाटा थियो तर केहि वर्षदेखि यस बीमामा पनि विस्तारै मुनाफा देखिन थालेको छ । जति धेरै संख्यामा बीमा गर्न सक्यो बीमा कम्पनीहरुलाई पनि त्यति धेरै नोक्सान बहन गर्न पर्दैन अर्को तर्फ बीमाको दायरा तथा व्यवसायमा पनि ठुलो बृद्धि हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS