IME Life

मध्य भोटेकोशीको आईपीओ भोलि बाँडफाँड हुँदै, यस्तो छ तयारी

SPIL
NIC ASIA

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि विक्री गरेको आईपीओ भोलि सोमवार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शनिवारनै प्रि अलोटमेण्ट सम्पन्न गरी सोमवार विहान ९ बजे आईपीओ बाँडफाँड गर्न लागिएको जनाएको छ ।

कम्पनीले गत साउन ५ गतेदेखि ३२ गतेसम्म स्थानियका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स,) बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स) तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री गरेको हो ।

Prabhu
Crest

कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गरेको हो ।

स्थानियबाट यो आईपीओ खरीदका लागि १ लाख १ हजार २८ जनाबाट रू। अर्ब ९३ करोड २५ लाख ७८ हजार बराबरको १ करोड ९३ लाख २५ हजार ७८० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धकले जनाएको छ ।

आयोजना प्रभावित १० हजार ८४८ जना आवेदकबाट २६ लाख ७५ हजार ४९६ कित्ताको लागि र अन्य जिल्लाबासीहरु ९० हजा १८० आवेदकहरुबाट १ करोड ६६ लाख ५० हजार २८४ कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धकले जानकारी दिएको हो । जुन मागभन्दा ३ दशमलव २२ गुणा बढी हो ।

अब दोस्रो चरणमा १५ प्रतिशतका दरले ९० करोड बराबरको ९० लाख कित्ता शेयर कम्पनीले आम सर्वसाधारणमा विक्री गर्नेछ । यस अघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्ता पूँजी ६ अर्ब पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS