IME Life

शेयर बजार घट्दा पनि सर्वाधिक बढेका कम्पनी, म्युचुअल फण्ड र ऋणपत्रमा आकर्षण

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलो दिन नेप्से सूचक ६१.२७ अंकले घट्यो । यसै क्रममा अधिकाम्स कम्पनीको शेयर मूल्यमा भारी गिरावट भएको छ । अधिकाम्स कम्पनीहरुमा गिरावट सँगै म्युचुअल फण्ड र ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

Prabhu
Crest

आइतबार सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयर मूल्य १३१ रुपैयाँले बढेर १४४८ रुपैयाँ कायम भएको छ । त्यस्तै दोस्रो धेरै बढ्नेमा मैलुख खोला जलविद्युत कम्पनी रहेको छ । कम्पनीको शेयर मूल्य ६.०३ प्रतिशतले बढेर २०५ रुपैयाँ पुगेको छ ।

सर्वाधिक धेरै बढ्ने १० कम्पनी भित्र तीन वटा म्युचुअल फण्ड छन् । यसै अवधिमा सिटिजन म्युचुअल फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड र एनएमबी हाइब्रिड फण्ड एक रहेका छन् ।

लाभांस घोषणा गरेको कामना सेवा विकास बैंकको शेयर मूल्य १३ रुपैयाँले बढेर ६९१ रुपैयाँ पुगेको छ । सर्वाधिक महंगो शेयर यनिलिभरको शेयर मूल्य पनि २७० रुपैयाँले बढेर १९ हजार ६५० रुपैयाँ छ । मेगा बैंक र बैंक अफ काठमाण्डूको शेयर मूल्यमा पनि सुधार भएको छ । ८.५ प्रतिशत व्याजदरको एसबिएल डिवेञ्चरको मूल्य १० रुपैयाँले बढेर ९७५ रुपैयाँ पुगेको छ । यो आधार मूल्य एक हजार भन्दा २५ रुपैयाँ कम हो ।

आज एभरेष्ट बैंक, आशा लघुवित्तको शेयर बढेको छ । यस बाहेक केहि म्युचुअल फण्ड र ऋणपत्रको मात्रै केहि सुधार देखिन्छ । म्युचुअल फण्ड तथा ऋणपत्र सहित २४ वटाको मात्रै सुधार देखिन्छ । बाणिज्य बैंकहरुले लाभांश घोषणा गर्दा पनि तिनै बैंकको शेयर मूल्यमा गिरावट देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS