मानुषी लघुवित्तको शेयर सूचिकृत, पहिलो कारोबारका लागि पायो अधिकतम रेञ्ज ३९८ रुपैयाँ

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर दोस्रो बजारमा सूचिकृत भएको छ । संस्थाले दोस्रो बजारमा कारोबारका लाज नेपाल स्टक एक्सचेञ्ज सँग एक सय रुपैयाँ दरका १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचिकृत गरेको हो ।

संस्थाको पहिलो कारोबारका लागि नेप्सेले न्युनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँसम्मको रेञ्ज तोकिदिएको छ । संस्थाले गत महिना सर्वसाधारण समुहको तीन लाख ९३ हजार ७५० कित्ता शेयर जारी गरेको थियो । प्राथमिक बजारबाट कायम शेयरधनीहरुले भोलिदेखिनै दोस्रो बजारमा शेयर बिक्री गर्न सक्ने छन् । नेप्सेले संस्थालाई कारोबारका लागि (MLBS) संकेत प्रदान गरेको छ । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट नै शेयर रजिष्ट्रार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार