IME Life

समितिले ५ जीवन बीमा कम्पनीको ‘एक्चुअरी भ्यालुएसन’ पास गर्यो, पोलिसी बोनसदर सँगै लाभांश घोषणा सुरु

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले एकै पटक ५ जीवन बीमा कम्पनीको एक्चुअरी भ्यालुएसन स्वीकृत गरेको छ । बीमा समितिको बोर्डले एकै पटक ५ जीवन बीमा कम्पनीहरु प्राइफ लाइफ इन्स्योरेन्स कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, मेट लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको एक्चुअरी भ्यालुएसन स्वीकृत गरेको हो । समितिले आर्थिक वर्ष २०७६/७७ को भ्यालुएसन स्वीकृत गरेको हो ।

बीमा समितिले उक्त कम्पनीहरुको एक्चुअरी भ्यालुएसन स्वीकृत गरे सँगै बीमितहरुले प्राप्त गर्ने बोनसदर र र शेयरधनीहरुले प्राप्त गर्ने लभांश घोषणा गर्न थालेका छन् । सबैभन्दा पहिला प्राइफ लाइफले बीमितले प्राप्त गर्ने बोनस दर र शेयरधनीहरुले प्राप्त गर्ने लाभांश घोषणा गरेको छ । प्राइफले १५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

Prabhu
Crest

त्यस्तै ज्योती सहित अन्य कम्पनीहरुले पनि लाभांश घोषणा गर्ने तयारी गरेका छन् । मेट लाइफले अहिलेसम्म बीमितहरुले प्राप्त गर्ने पोलिसी बोनशदर निर्धारण गरेको छैन । ज्योति लाइफ र महालक्ष्मी लाइफले भने घोषणा गरिसकेका छन् । यदि ज्योति र रिलायन्सले लाभांश घोषणा गरेका खण्डमा उनिहरु नयाँ कम्पनीहरु मध्ये सबैभन्दा पहिला लाभाश घोषणा गर्ने कम्पनी हुनेछन् ।

आर्थिक वर्ष सकिएको दुई वर्ष पछि बल्ल बीमा कम्पनीहरुको लाभांश घोषणा गर्ने क्रम शुरु भएको छ । अझै १४ बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ कै एक्चुरियल भ्यालुएसको स्विकृत पाउन बाँकी छ । अधिकाम्स बीमा कम्पनीहरुले स्वीकृतिका लागि प्रकृयाँ अगाडी बढाएको बीमा कम्पनीले जनाएको छ ।

कम्पनीहरुले सयमा एक्चुअरी भ्यालुएसन गर्न नसक्दा बीमितहरुले समयमा बोनश पाउन सकेका छैनन् । यदि यस अवधिमा बीमितको पोलिसी परिपक्व भएमा दुई वर्ष अगाडीको बोनशदरका आधारमा दाबी पाउछन् । अर्को तर्फ यहि अवधिमा बीमितको मृत्यु भएमा पनि उनिहरुले यथार्थपरक बोनशदर प्राप्त गर्न सक्दैनन् ।

यसरी ढिलाइ हुनुमा बीमा कम्पनी र बीमा समिति दुबै दोषि देखिन्छन् । बीमा कम्पनीहरुले समयमा काम गर्न नसक्दा ढिलाइ भइरहेको छ भने अर्को तर्फ बीमा समितिले पनि समयमा कम्पनीहरुको विवरण हेर्ने तथा चेक जाँच गर्न नसक्दा ढिलाइ भइरहेको छ । समितिले कम्पनीहरुलाई समयमा काम गर्न पटक पटक निर्देशन दिए पनि उनिहरुले पुरा गर्न सकिरहेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS