IME Life

भारतमा हुलाक बैंकले बेच्न थाल्यो निर्जीवन बीमा योजना, नेपालमा पनि सम्भव छ ?

SPIL
NIC ASIA

काठमाण्डौं । भारतमा निर्जीवन बीमा कम्पनीहरुले बीमा योजना बिक्री गर्न भारतीय हुलाक बैंकसँग सहकार्य शुरु गरेका छन् । बजाज एलायन्स इन्स्योरेन्ससँग सहकार्यको घोषणा गरेको दुई दिन बित्न नपाउँदै टाटा एआइजी जनरल इन्स्योरेन्स कम्पनीले पनि भारतीय हुलाक बैंकसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ ।

हुलाक बैंकले देशभर छरिएर रहेको ६ सय ५० वटा शाखा तथा १ लाख ३६ हजार वटा बिक्री केन्द्रहरुमार्फत् निर्जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । सर्वसाधारणको घरदैलोमै पुगेर बीमा योजना जारी गर्नको लागी २ लाख हुलाकीको प्रयोग गरिनेछ । हुलाकीहरुलाई बायोमेट्रिक उपकरण तथा लघु एटिएम उपलब्ध गराइएको छ । जसको माध्यमबाट उनीहरुले बीमितको विस्तृत विवरण सूचना प्रविधिको माध्यमबाट घरदैलोमै संकलन गर्ने र बीमितलाई हाते प्रिन्टरमार्फत् तत्कालै बीमालेख उपलब्ध गराउन सक्छन् ।

Prabhu
Crest

हुलाक बैंकमार्फत विशेषगरी ग्रामीण क्षेत्रका उपभोक्ता माझ स्वास्थ्य बीमा, व्यक्तिगत दुर्घटना, मोटर बीमा र अन्य विशिष्टिकृत बीमा योजनाहरु बिक्री गर्ने टाटा एआईजीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

के नेपालमा पनि सम्भव छ ?

बीमा समितिले केही महिना अघि संस्थागत अभिकर्ताको लागी विशेष व्यवस्था गरेको छ । नेपालको कानून अनुसार बीमा व्यवसाय गर्न दर्ता भएको संस्थाले निश्चित प्रकृयाँ पुरा गरेर बीमा समितिबाट संस्थागत अभिकर्ताको इजाजत पत्र प्राप्त गर्न सक्छन् । यसरी इजाजत पत्र प्राप्त गरिसकेपछि जीवन वा निर्जीवन बीमा कम्पनीको बीमा योजनाहरु बिक्री गर्न पाउनेछन् ।

सूचना प्रविधिको बढ्दो प्रयोग गर्दै वैकल्पिक सेवाहरुमार्फत् आफ्नो अस्तित्व कायम राख्न संघर्षरत हुलाक सेवा विभागले हुलाक बैंकमार्फत् भारतमा झैं यहाँ पनि बीमा अभिकर्ता सेवा शुरु गर्न सक्छन् । यसको लागी हुलाक सेवा विभागले आफ्नो प्रबन्ध पत्र नियमावलीमा बीमा अभिकर्ता सेवा समेत उल्लेख गरेको हुनुपर्छ ।

के हुलाकले सेवा दिनसक्ने गरी प्रविधि उपलब्ध छ?

मोबाइल सम्पर्क टिप्ने जुनसुकै ठाउँमा समेत सर्वसाधारणको घरदैलोमै पुगेर अभिकर्ता वा हुलाकीले हाते उपकरणको माध्यमबाट बीमितको सम्पूर्ण विवरण सूचना प्रविधिमा प्रविष्ट गर्न संभव छ । साथै मोबाइल सम्पर्क नटिप्ने ठाउँमा समेत अफलाइन मोड(मोबाइलको सम्पर्क नभएको अवस्था) मै रहेर बीमितको सम्पूर्ण जानकारी प्रविष्टी गर्न सक्छन् ।

यसरी प्रविष्टी गरेको बीमितसँग सम्बन्धित जानकारी र बीमाको जोखिमको आधारमा बीमा कम्पनीले मूल्यांकन गरेर निश्चित बीमांकसम्मको बीमालेख तत्कालै अनलाइन माध्यममार्फत् जारी गर्न सक्छन् । नेपाल विद्युत प्राधिकरणको मिटर रिडरले ग्राहकलाई घर दैलोमै पुगेर बिजुलीको बिल छापेर दिने उपकरण जस्तै उपकरण यो कामको लागी प्रयोग गर्न सकिन्छ ।

निजी क्षेत्रको दूर संचार सेवा प्रदायक एनसेल एक्जियाटा लिमिटेडले दुई वर्ष अघि नै निर्जीवन बीमा कम्पनीहरुलाई लक्षित गरेर यो सेवा शुरु गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशु बीमाको लागी यो प्रविधि प्रयोग गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS