IME Life

शेयर बजारमा बैंक वित्तीय संस्था र बीमा कम्पनीको हालीमुहाली कहिलेसम्म ?

SPIL
NIC ASIA

काठमाण्डौं । नेपालको पूँजी बजारमा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुको प्रभुत्व रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुले मात्रै ६८ प्रतिशत हिस्सा ओगटेका छन् ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ९.८ प्रतिशत,  लगानी कम्पनीको ८.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ३.९ प्रतिशत, होटेलको १.४ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको ७.८ प्रतिशत रहेको छ ।

Prabhu
Crest

२०७८ साउन मसान्तमा धितोपत्र बजार पँजीकरण ४४  खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । जवकी ठिक एक वर्ष अगाडि २०७७ साउन मसान्तमा बजार पुँजीकरण १८ खर्ब ३७ अर्ब रुपैयाँ थियो । शेयर बजारमा विगत लामो समयदेखि बैंक वित्तीय संस्थाहरुको प्रभुत्व रहदै आएको छ । नेपाल राष्ट्र बैंक र बीमा कम्पनीहरुले सम्पुर्ण बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई अनिवार्य प्राथमिक शेयर निष्काशन गर्दै पर्ने व्यवस्था गरेकाले यस क्षेत्रको दवदवा रहेको हो ।

शेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा लिइन्छ । तर नेपालमा बैंक वित्तीय संस्था र बीमा कम्पनीहरुको मात्रै प्रभुत्व रहेकाले शेयर बजारले नेपालको अर्थतन्त्रको ऐनाको रुपमा चित्रण गर्न नसक्ने विश्लेषण चल्ने गरेको छ । बैंक वित्तीय संस्थाको प्रभुत्व रहेकाले शेयर बजारले अर्थतन्त्र भन्दा पनि बैंकको व्याजदरको अवस्थालाई भने जनाउने गरेको विज्ञहरु बताउछन् । यदि अर्थतन्त्रको ऐनाको रुपमा चित्रण गराउने हो भने उत्पादनमुलक कम्पनीहरु दोस्रो बजारमा सूचिकृत हुन सक्नु पर्छ । तर अझै पनि केहि समय त्यस्तो अवस्था देखिन सक्ने अवस्था छैन ।

नेपालको शेयर बजारमा जहिले पनि बैंकहरु निर्णायक हुने गरेको पाइन्छ । जवसम्म बैंकहरुको शेयर बढ्दै तवसम्म शेयर बजारले दिगो रुपमा उकालो यात्रा तय गर्न सक्दैन । विगका दिनमा जलविद्युत तथा अन्य केहि कम्पनीको  मात्रै बढ्दा नेप्से सूचक माथिल्लो विन्दुमा टिक्न सकेन ।

२०७७ साउन मसान्तमा १३९१.५ रहेको नेप्से सूचकाङ्क २०७८ साउन मसान्तमा ३१६०.१ पुगेको छ । यस क्रममा बाणिज्य बैंकहरुको पनि ठुलो योगदान रहेको थियो । २०७८ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जल विद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ५ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । २०७७ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २०८ रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ साउनसम्ममा सूचीकृत ५ अर्ब ८५ करोड कित्ता शेयरको चुक्ता पूँजी ५ खर्ब ७५ अर्ब ५० करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको डिबेन्चर, २ अर्ब ८८ करोड रुपैयाँ बराबरको साधारण शेयर, ५७ करोड ३९ लाख रुपैयाँ बराबरको बोनश शेयर र ५२ करोड ४१ लाख रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल १७ अर्ब ७३ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनाको अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोष (म्युचुअल फण्ड), १ अर्ब ५७ करोड रुपैयाँ बराबरको साधारण शेयर र २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS