IME Life

जीवन बीमा अभियान लिएर ३ हजार मिटर उकालो चढ्दा

SPIL
NIC ASIA

बीर बहादुर भण्डारी,जुम्ला ।
जागिरे जीवनको आठ बसन्त पुरा गरिसक्दा पहिलो पटक ३ हजार मिटर भन्दा माथिको चाखुरे लेक छिचोल्दै जुम्लाको तिला बीमा अभियान लिएर पुग्ने अवसर मिल्यो ।

जाजरकोटबाट जुम्ला आइसकेपछि कम्पनीले दिएको व्यवसायीक लक्ष्य पुरा गर्न सहज थिएन । वर्षको छ महिनाजति हिमपात हुने जुम्लामा प्रबन्धकको हैसियतले व्यवसायीक लक्ष्य कसरी पुरा गर्ने भन्ने चुनौती थियो । तर अर्को मनले जहाँ चुनौती, त्यही सफलता भनेर हौंस्यायो र नभन्दै छोटो अवधिमै व्यवसायीक लक्ष्य पुरा गर्न सफलता मिल्यो ।

Prabhu
Crest

यसपटक चाहिं कम्पनीसँग जोडिनुभएका अभिकर्ता म्यानेजरको सहयोगमा जिल्लाकै विकटमध्येको तिला गाउँपालिकामा बीमा सचेतना अभियान लिएर जाने योजना बन्यो । गाउँलेहरु फुर्सदमा हुने र ठूलो उपस्थिति समेत हुने भएकोले हामीले पुनी पञ्चमी मेलाको अवसर रोज्यौं । यस मेलामा धामी झाँक्रीले देवीदेउताको विशेष पूजा गर्ने चलन रहेको छ ।

कालिकोटमा जन्मिएको म २०६६ सालदेखि अभिकर्ता पेशामा संलग्न भएको पनि पहिलो पटक समुद्री सतहदेखि यति धेरै उचाइँको विकट गाउँमा जीवन बीमा जागरण अभियान लिएर जाँदैछु भन्ने गमेर मनमनै गदगद थिए ।

यात्राको पहिलो दिनः असोज ३ गते
जिल्ला सदरमुकामबाट खाना खाई वरी बिहान १० बजे सहकर्मी भरत बुढाको साथमा मोटरसाइकल यात्रा शुरु भयो । सदरमुकामबाट करिब दुई घण्टा मोटरसाइकल यात्रापछि सडकले मोटरसाइकल छोड्न बाध्य बनायो । किनकी त्यसपछिको उकालो बाटोमा पैदलै उक्लिनुको विकल्प थिएन । तिला गापा वडा नम्बर ३ त्रिवेणी बजारमा मोटरसाइकललाई थान्को लगाउँदै शुरु भयो उकालो तिरको यात्रा ।
पहिलो पटक तिलाको यात्रामा निस्किएकोले यात्रा कति लामो होला भन्ने यकीन थिएन । हिंड्दा हिंड्दै बेलुकी छ बजे हामी गन्तव्यमा पुग्यौं । गन्तव्य पुग्नु अघि थकानले चुर भएको शरीर गन्तव्यमा पुगी सकेपछि स्थानीयको आतिथ्यताले स्फूर्त भएर आयो ।
मौसम चीसो भएकोले हामी खाना खाईवरी निदायौं । थकित शरीरले ओछ्यान भेट्टाएपछि बिहान झिस्मिसे उज्यालो नहुँदासम्म केही मेसो पाएन । घोडा बेचेर सुतेको भने झैं हामी निदाएका रहेछौं ।

यात्राको दोश्रो दिन: असोज ४ गते
बिहान तातो चियाको चुस्की लिंदै गाउँघरको वस्तुस्थितिबारे बुझ्ने प्रयास ग¥यौं । करिब ७०० घरधुरीको गाउँ । अधिकांश भूभाग पाटन । आम्दानीको श्रोत जडिबुटी,भेडा,बाख्रा पालन ,आलु,सिमिखेती । ट्रान्सफर्मर बिग्रिएपछि प्राधिकरणबाट वितरित बिजुली बत्ति महिनौसम्म गुल हुन्छ। घाम लाग्ने मौसमको लागि सौर्य टुकीको भर भएपनि हिउँदमा सकस ।

चिया गफमा गाउँ बुझ्दै गर्दा हाम्रो कार्यक्रमको लागी ढिलो भइसकेको रहेछ । किनकी हामीलाई मेला शुरु हुनु अघि नै मौका छोप्नुपर्ने थियो । हाम्रो बिजनेश म्यानेजर तारा थापा रावतको सहयोगमा आवश्यक तारतम्य मिलाएपछि स्थानीयलाई भेला पा¥यौं । जीवन बीमाको आधारभूत विषयमा स्थानीयलाई कतिको जानकारी छ भन्ने चासो राख्यौं । सहभागी मध्ये धेरैले जीवन बीमाको बारेमा थाहा पाएको र केहीले बीमा समेत गरेको बताए ।

दुरदरारमा आम नागरिकलाई बीमासँग साइनो स्थापित गर्ने काममा अभिकर्ताको भूमिका जति प्रशंसा गरेपनि पर्याप्त हुँदैन । जुम्लाको यो दुर्गम भेगमा अभिकर्ताले गरेको मिहिनेत स्थानीय बासिन्दाको चेतनाबाट प्रष्ट झल्कन्थ्यो ।

जीवन बीमा भनेको बचत हो र जस्तो सुकै अवस्थामा बीमितको मृत्यु भएपनि दाबी पाइन्छ भन्ने आम बुझाई रहेको थियो । हामीले दाबी भुक्तानी पाइने अवस्थाबारे स्थानीयलाई प्रष्ट्यायौं । र जस्तोसुकै अवस्थाको मृत्युमा दाबी भुक्तानी नपाइने अवगत गरायौं ।

अभिकर्ताको पहलपछि जीवन बीमा गरेका तर वित्तीय संस्थासम्म पहुँच नभएका कारण बीमाको किस्ता तिर्न छुटेकाहरु पनि धेरै रहेछन् । नेपाल सरकारले चालू आर्थिक वर्षभित्र बीमाको पहुँच ३३ प्रतिशत सर्वसाधारणमा पु¥याउने लक्ष्य लिएको छ । अभिकर्ताहरुले ज्यादै दुःख कष्ट गरेर दुर्गम गाउँवासीलाई समेत बीमाको लागी प्रेरित गर्छन् । बीमा गराउँछन् । तर सावधिक जीवन बीमा लामो समयसम्मको लागी गरिने र वार्षिकरुपमा नियमित किस्ता तिर्नुपर्ने भएकोले किस्ता रकम बीमा कम्पनीसम्म पु¥याउने माध्यमको अभावमा बीमाले निरन्तरता पाउन सकेको हुँदैन ।

गाउँ गाउँमा इन्टरनेटको माध्यम वा इन्टरनेटको माध्यम बिना नै मोबाइलबाटै वित्तीय कारोबार गर्न सक्ने सुविधाको उपलब्धता सहज बनाउन सके झनै सहज हुने थियो । नियामक निकाय बीमा समितिले नेपाल राष्ट्र बैंक वा डिजिटल भुक्तानी सेवा प्रदायकसँग समन्वय गरेर यसमा पहल गर्नु आवश्यक छ ।

करिब एक घण्टामा हामीले कार्यक्रम सिध्यायौं । र खाना खाईवरी फर्कने सुरसार भयो । यसपटकको यात्रा ओरालोतर्फ थियो । करिब ४ घण्टाको पैदल यात्रापछि हामी मोटरसाइकल थान्को लगाएको ठाउँमा आइपुग्यौं । र साँझ घर पुग्यौं ।
दुई दिनसम्म अवस्था यस्तो भयो की माँसपेशीको दुःखाईले राम्ररी उठबस गर्न सकिएन । तर जुन उद्देश्यको साथ तिला गाउँ पुगेका थियौं, त्यो उद्देश्य पुरा भयो भन्ने अनुभूतीले शारीरिक पीडालाई ओझेल पार्यो  ।
(भण्डारी एशियन लाईफ इन्स्योरेन्स जुम्ला शाखाको प्रबन्धक हुन् ।)

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS