प्राइम लाइफद्धारा लाभांश प्रस्ताव, नगद र बोनश कति ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/ ७७ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि  ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृति भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार