IME Life

नेपालकै पहिलो ‘नेपाल इन्स्योरेन्स कम्पनी’ ७५ वर्षमा प्रवेश, सर्वोत्कृष्ठ सेवा प्रवाह गर्ने प्रतिवद्धता

SPIL
NIC ASIA

काठमाडौं । नेपालकै पहिलो इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी ७४ वर्ष पुरा गरी ७५ वर्षमा प्रवेश गरेको छ । कम्पनीले कोभिड १९ को संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै साधारण हिसावले हिरक जयन्ती मनाउने भएको छ । कम्पनीका सञ्चालकहरु र उच्च व्यवस्थापन तहका कर्मचारीहरुको सहभागितामा हिरक जयन्ती मनाउने तयारी गरेको छ । कम्पनीमा २५ वर्ष सेवा गर्नेलाई पदक वितरण गर्ने छ ।

कम्पनीले यति लामो यात्रामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा साथ र सहयोग गरी अगाडि बढ्न प्रेरित गर्ने समस्त ग्राहकवर्ग, नियामक निकायहरु, नेपाल बैंक लगायत अन्य प्रतिष्ठित लगानीकर्ताहरु, कर्मचारी लगायत सम्पूर्ण शुभचिन्तकहरुमा आजको गौरवशाली दिनमा हार्दिक आभार व्यक्त गरेको छ । साथै आगामी दिनहरुमा पनि सदैव उत्कृष्ट सेवा दिने प्रण गरेको छ ।

Prabhu
Crest

कम्पनीमा नेपाल सरकारको स्वामित्व ५१ प्रतिशतबाट घटेर १५ प्रतिशतमा सिमित भएको छ । यस अवधिमा नेपालका प्रतिष्ठित व्यवसायिक घरानाहरुले आफ्नो स्टेक बढाएका छन् । आइएमई तथा विशाल ग्रुपले आफ्नो स्टक बढाउदै गर्दा सरकारी शैलीबाट पुर्ण रुपमा व्यवसायिक हिसावले अगाडि बढेको छ । केहि समयदेखि कम्पनीमा प्राइभेट कल्चर, प्राइभेट मुभ, उत्कृष्ठ सेवा प्रवाह तथा नयाँ प्रविधिमा आधारित भइ सेवा प्रवाह गर्दै आइरहेको छ ।

कम्पनीले नेपालमै पहिलो पटक साइवर इन्स्योरेन्स पोलिसी बिक्री गर्न सफल भएको छ । जसरी विश्वकै निजी स्तरका कम्पनीहरुले उत्कृष्ठ सेवा प्रवाह गर्दै आइरहेका छन् नेपाल इन्स्योरेन्स कम्पनीले पनि त्यहि हिसावले आफ्नो सेवा दिने निमित्त प्रमुख कार्यकारी अधिकृत इश्वर पोखरेलले प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘कम्पनीले सम्पुर्ण कम्प्लाइन्स र स्प्रीटलाई आत्मसाथ गर्दै अगाडि बढ्ने छ ।’

नेपाल इन्स्योरेन्स मुनाफाका हिसावले छैठौ स्थानमा रहेको छ । चुक्ता पूँजी एक अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४२ करोड ६ लाख रुपैयाँ जम्मा भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले एक अर्ब २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । केन्द्रिय कार्यालय सहित ५० वटा शाखा कार्यालयले निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकिङ क्षेत्रमा लामो अनुभव भएका इश्वर पोखरेल निमित्त प्रमुख कार्यकारी अधिकृत सहित अन्य अनुवभि व्यक्तिहरु उच्च व्यवस्थापनमा रहेका छन् । त्यस्तै अध्यक्षमा अर्जुन पौडेल शर्मा सहित विभिन्न व्यवसायिक समुहका प्रतिनिधिहरु सञ्चालक छन् । नेपालको बीमा क्षेत्रको इतिहास बनेको नेपाल इन्स्योरेन्स कम्पनी सरकारी स्वामित्वबाट धेरै हदसम्म निजीकरणमा गएको छ । यसै क्रममा निजीस्तरका अब्बल कम्पनीहरुलाई टक्कर दिदै अगाडि बढिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS