IME Life

बीमा समितिको थाहा नगरपालिकामा जनचेतनामुलक कार्यक्रम सम्पन्न, ‘कृषि अभिकर्ताको तालिम चाहियो’

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले थाहा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा समितिका निर्देशक सुशिलदेव सुवेदीले बीमा सम्बन्धी जानकारीमुलक प्रस्तुती दिएका थिए । उनले स्थानीय नियकालाई आफ्नै सेवा सुविधामा बीमालाई टाइअफ गर्न अनुरोध गरेका थिए ।

Prabhu
Crest

कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट सहित सम्पुर्ण वडाका जनप्रतिनिधिहरु सहित करिव ९० जनाको उपस्थिति थियो  । सहभागीहरुले कोरोना बीमा तथा कृषि बीमाको दाबी भुक्तानीलाई लिएर सबैभन्दा धेरै प्रश्न गरेका थिए । अभिकर्ताहरुले तीन वर्षसम्म पोलिसी सरेण्डर गर्न नपाउने बीमा समितिको पछिल्लो निर्देशनलाई लिएर पनि गुनासो गरेका छन् ।

शिखर इन्स्योरेन्स कम्पनीले उक्त क्षेत्रमा बीमा गर्न नमानेको भन्दै गुनासो गरेका थिए । समितिका प्रतिनिधिहरुले शिखर इन्स्योरेन्स कम्पनीले यस क्षेत्रमा किन कम प्राथमिकता दिएको रहेछ भनेर अध्ययन गर्ने र सोही अनुसार निर्देशन दिने जवाफ दिए ।  उपस्थित सहभागीहरुले यस क्षेत्रमा कृषि बीमाको अभिकर्ताको तालिम आवस्यक परेको भन्दै माग राखेका छन् ।

अभिकर्ताले बीमित सँग प्रिमियम संकलन गरेर कम्पनीमा भुक्तानी नगरिदिएको भन्दै बीमितहरुले गुनासो गरेका छन् । यदि अभिकर्ताले पैसा लिएर कम्पनीमा भुक्तानी नगरेको भए समितिमा उजुरी हाल्न निर्देशक सुवेदीले अनुरोध गरेका छन् । यस्तो अवस्थामा अभिकर्तालाई ठगी गरेको आरोपमा कानुन बमोजिम कारबाही हुने उनले जानकारी दिएका छन् ।

मेयर विष्टले घरको बीमा गर्दा आयकरमा ५ हजार रुपैयाँसम्मको छुट पाउने व्यवस्थालाई जोडेर नगरपालिकाले सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यदि सर्वसाधारणले बीमा गर्न चाहेनन् भने सुरुमा बानी पार्नका लागि नगरपालिका आफैले बीमा गराइदिने विष्टको भनाइ थियो । स्थानीय निकायमा बीमा नीति बनाउनका लागि उनिहरुले प्रारम्भिक मस्यौदाको ड्राफ्ट तयार पार्न अनुरोध गरेका छन् । बीमा गर्दा कम्पनीहरुले सवारी साधनको डिप्रिसेसन गरेर दाबी भुक्तानी गर्दा कम दाबी पाउने भन्दै गुनासो गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS