IME Life

कम्पनीहरुको दवाव पछि इन्जिनियरीङ बीमामा न्युनतम दर तोकियो, अस्वस्थ प्रतिस्पर्धा रोक्ने प्रयास

SPIL
NIC ASIA

काठमाडौं । हाइड्रोपावरमा अत्याधिक दाबी परे पछि कम्पनीहरुको दवावमा बीमा समितिले इन्जिनियरीङ बीमाको न्युनतम दर तोकिदिएको छ । यसै क्रममा समितिले नन ट्यारिफ व्यवसायको न्युनतम दर निर्धाण गरिदिएको हो । समितिले करिव ३६ वटा नन ट्यारिफ पोलिसीको दर निर्धाण गरिदिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

यस वर्ष बाढी पहिरोका कारण हाइड्रोपावर कम्पनीहरुको अत्याधिक दाबी पर्यो । त्यसमा पनि विदेशी पुनर्बीमा कम्पनीहरुले नेपालीका हाइड्रोपावरको पुनर्बीमा गर्न मान्दैनन् । यसको प्रमुख कारण हो कम्पनीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण सस्तो दरमा बीमा हुनु । एकातिर पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्न नमान्ने अर्को तर्फ दाबी भुक्तानी धेरै परेपछि नेपाल बीमक संघले इन्जिनियरीङ बीमाको न्युनतम दर निर्धारणका लागि भद्र सहमति गर्यो ।

Prabhu
Crest

कम्पनीहरुको आपसी सहमति पछि उनिहरुले बीमा समितिलाई न्युनतम दर निर्धारण गरिदिन आग्राह गर्दै आइरहेका थिए । यसै क्रममा समितिले हिजो करिव ३६ वटा पोलिसीको न्युनतम दर निर्धारण गरिदिएको छ ।

हाइड्रोपावर सँग नन ट्यारिफका आवासिय तथा व्यवसायिक भवन अफिस, स्कुल, विश्वविद्यालय, होटल, मोटेल, रेष्टुरेन्ट, हस्पिटल, एयरपोर्ट भवन लगायतको पनि दर निर्धाण गरिदिएको छ ।

निर्माण व्यवसायीहरुले औपचारिकताका लागि बीमा गर्दै आएका थिए । यसमा न्युनतम दर नभएकाले कम्पनीहरुले थोरै शुल्क लिएर बीमा पोलिसी बनाइदिने गरेका थिए । यस्तो क्षेत्रको वास्तविक बीमा गर्ने हो भने बीमा शुल्क धेरै नै महंगो पर्न जान्छ । पुल, सडक, ड्याम लगायतको क्षतिमा अत्याधिक दाबी पर्न सक्ने भएकाले पनि शुल्क महंगो पर्न जान्छ । धेरै बीमा शुल्क तिर्नु भन्दै केहि शुल्क लिएर औपचारिकताका लागि पोलिसी बनाइदिन प्रचलन धेरै नै थियो ।

निर्माण व्यवसायी र कम्पनीहरु विच दाबी भुक्तानी नगर्ने भद्र सहमति भए पनि परेको खण्डमा उनिहरुको दाबी माग भइ दाबी भुक्तानी भएको भन्दै समितिले यस्तो काम तुरुन्त बन्द गर्न निर्देशन दिदै आएको थियो । गत आर्थिक वर्षमा समितिले उधारोमा बीमा पोलिसी बिक्री गर्न पाइदैन भनेर उनिहरुलाई रोक्न ठुलो प्रयास गर्यो ।

समितिले यस पटक भने उक्त बीमाको पनि न्युनतम दर निर्धारण गरिदिएको छ । न्युनतम दर निर्धारण गरिदिए सँगै अव कम्पनीहरुले ठेकेदारहरु सँग आन्तरिक मिलेमतोमा पोलिसी बिक्री गर्न पाउने छैनन् । बीम समितिले न्युनतम दर निर्धारण गरिदिए सँग कम्पनीहरुले वास्वतिक र उपयुक्त दरमा बीमा गर्न बाध्य भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS