IME Life

हेटौडा उपमहानगरपालिकामा जनचेतनामुलक कार्यक्रम सम्पन्न, दाबी भुक्तानीको समस्या समाधान गर्न माग

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले हेटौडा उपमहानगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता समितिका निर्देशक सुशील देव सुवेदीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिमा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत थिए । कार्यक्रमको सञ्चालन समितिका उप निर्देशक केशव प्रसाद दाहालले गरेका थिए । ‍

Prabhu
Crest

उक्त कार्यक्रममा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु, बीमा कम्पनीका प्रतिनिधिहरु, कृषक, ब्यावसायी,  उद्योगी लगायत अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समितिका तर्फबाट टेकराज पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै निर्देशक सुवेदीले बीमा सम्बन्धी जानकारीमुलक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उपमहानगरपालिकाका मेयर महतले बीमा सँग सम्बन्धित विषयहरुमा जनतासँग भएका समस्याहरु र नियमनकारी निकायले अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा स्थानीय तहको तर्फबाट समितिलाई सुझाव दिएका थिए । उनले उपमहानगरपालिकाले उपलव्ध गराउने सेवाहरुमा बीमालाइ समेत अवद्ध गर्न प्रयास गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रम हेटौंडा उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजना गरिएको थियो भने कार्यक्रममा करिब  सय जनाको सहभागीता थियो । कार्यक्रमका अधिकांश सहभागीहरुले बीमा दाबीमा समस्या उत्पन्न भएको र बीमा दाबी भुक्तानीमा ढिलाइ हुने गरेकोले सर्वसाधारणलाई निकै सास्ती भइरहेको तर्फ समितिको ध्यान जान अन्त्यन्त जरुरी भएको बताए । साथै बीमा कम्पनीहरु प्रदेश कार्यालयको ढाँचा मार्फत सेवा प्रबाह गर्ने बातावरण तयार गरिदिन आग्रह गरेका थिए ।  कार्यक्रमका सहभागीहरुको बीमा समितिले मोफसलमा यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गर्नु पर्ने भनाइ रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS