IME Life

दुई वाणिज्य बैंकले प्रस्ताव गरे लाभांश, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । दुई बैंकले आर्थिक वर्ष २०७७ /७८ को लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट माछापुच्छ्रे बैंक र सानिमा बैंकले लाभांश प्रस्ताव गरेका छन् । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

त्यसैगरी सानिमा बैंकले लगानीकर्तालाई १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनश शेयर ० दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS