IME Life

बीमा समितिले तयार पार्यो बीमा सम्बन्धी जनचेतनामुलक भिडियो, ‘अभिकर्ता पेशालाई उच्च सम्मान’  

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले बीमा सम्बन्धी जनचेतनामुलक भिडियो  तयार पारेको छ । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहितका कलाकारले अभिनय गरेको यो भिडियो लगभग दुई मिनेटको  छ । समितिले यस वर्ष बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाएको छ ।

स्थानीय निकायका जनप्रतिनिधिहरु सँग बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल गरिरहेको समितिले आज उक्त भिडियो सार्वजनिक गरेको हो । भिडियोमा विवाहमा केटी हेर्ने जादा केटीको प्रमुख कार्य अभिकर्ता रहेको प्रसंङ्गलाई जोडेर जीवन बीमा र निर्जीवन बीमालाई बुझाउन खोजिएको छ ।

Prabhu
Crest

यस भिडियो मार्फत नेपाली समाजमा अभिकर्तालाई पनि एउटा प्रमुख पेशाको रुपमा चित्रण गर्न खोजिएको छ । नेपाली समाजमा डाक्टर, इन्जिनियर, पाइलट, बैंकर, बीमक, व्यापार व्यवसाय गर्नेहरुलाई मात्रै उच्च मूल्याङ्कन गरिन्छ । तर कलाकार  द्धय हरिवंश र मदनकृष्णलेले अभिकर्तालाई पनि प्रमुख पेशाको रुपमा चिनाउन महत्वपुर्ण भुमिका खेलेका छन् ।

यस्तो छ भिडियोमा प्रयोग गरिएका शब्दहरु

केटाको बुबा मदनकृष्ण श्रेष्ठ हुन्छन् । तर उनलाई लमि हरि‍वंश आचार्य केटीको बुबा भन्ने थाहा हुँदैन । उनकी छोरीको प्रमुख पेशा भने बीमा अभिकर्ता हुन्छ ।

मदनकृष्णः  लमि जी केटी हामीलाई एकदम मन पर्यो कुरा चलाए हुन्छ ।

(लमि) हरिवंश उसो भए घरमै गएर कन्या एक पटक हेरौ है ।

मदनकृष्णः ल ल

(घर पुगेपछि)

मदन कृष्णः काम चाँही के गर्छौ नानी तिमि ?

केटीः म बीमा अभिकर्ता हुँ ।

मदनकृष्णः यो बीमा गरेर के के फाइदा हुन्छ ?

लमि हरिवंशः म सुनाउछु,

हरिवंशले आफ्नो मोबाइल रेकर्डर अन गरेर…..

बीमा मुलत दुई किसिमका हुन्छन् । जीवन बीमा र निर्जीवन बीमा । जीवन बीमा गरेपछि बीमाको अवधि समाप्त भए पछि आफुले जम्मा गरेको रकम बोनस सहित सर्लक्कै पाइन्छ । कथम कदाचित बीमाकर्ताको मृत्यु भएमा निजको नजिकैको हकवालाले बीमाको रकम पाउदछ ।

निर्जीवन बीमाः बीमा कर्ताको भौतिक सम्पत्ती र स्वास्थ्य सँग सम्बन्धित हुन्छ । सवारीसाधन घर व्यापार पशुपन्छि र अरु भौतिक सम्पत्ती भुकम्पन बाढी पहिरो आधिवेहरी आगलागी चट्याङ जस्ता प्राकृतिक प्रकोप दुर्घटना वा अरु कारणले क्षति हुन गएमा दुर्घटनाबाट चोटपटक लागेमा वा मृत्यु भएमा बीमा कम्पनीले क्षतिपुर्ती प्रदान गर्दछ  ।

मदनकृष्णः यो त तपाईकै श्वर जस्तो लाग्यो त ।

हरिवंशः यो कन्यालाई बीमा गरेर के फाइदा हुन्छ भनेर मान्छेले सोध्छन् । उसलाई जवाफ दिदा दिदा हैरान हुन्छ भनेर । अनि मैले भरेर बजाइदिहाल्छु ।

केटाः बुबा मलाई उहाँ मन पर्यो

हरिवंशः इसाराले मन पर्यो,

केटीः सांकेतिक रुपमा….मन पर्यो

हरिवंशः म लड्डु लिएर आउछु

(मदनकृष्णले भित्ताको फोटोमा हरिवंश सहित केटिको फोटो देखेपछि)

मदनकृष्णः यो तश्विर त लमी जीकै होइनर भन्या ।

हरिवंसः उ उस्को ममि जी, म उस्को श्रीमान जी । अनि आफ्नो छोरीको लागि आफै बर खोजेको । योग्य बर ।

(लड्डु दिदै ल खानुन न)

मदनकृष्णः सम्बधिनी ज्यू म पनि जीवन र निर्जीवन बीमा गर्छु

सम्धिनीः गर्नु पर्यो नि सम्धि ज्यू

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS