IME Life

बीमाको अध्ययन गर्ने संस्था नपाउदा समितिलाई हैरान, तीन पटक म्याद थप्दा पनि कोही आएनन्

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले बीमा क्षेत्रको अध्ययनका लागि संस्था नपाउदा हैरानमा परेको छ । समितिले तीन पटक म्याद थप गर्दा पनि उपयुक्त प्रस्ताव पर्न सकेको छैन । बीमा समितिका अनुसार सुरुमै एउटा मात्रै आवेदन परेको थियो । त्यो  प्रयाप्त  थिएन । त्यस पछि दोस्रो आवेदनको पर्खाइमा तीन पटक म्याद थप गरिसक्यो ।

समितिले साउन २८ गते पहिलो पटक नेपालमा बीमा व्यवसायको समग्र अवस्थाको चित्रण र बीमा व्यवसायको व्यापकताको लागि चाल्नु पर्ने भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्न यस क्षेत्रको अध्ययन अनुसन्धानमा क्रियाशिल संस्था प्रतिष्ठानहरुका लागि प्रस्ताव आह्वान गरेको थियो ।

Prabhu
Crest

समितिले असोज ८ गतेसम्मका लागि पुनः म्याद थप गरेको छ । यस अवधिमा प्राविधिक प्रस्ताव पेश गर्नेहरु मध्ये बढीमा तीन उत्कृष्ट प्रस्तावहरु छनोट गरी ति प्रस्तावकहरुका मात्रै आर्थिक प्रस्ताव खोल्ने जनाएको छ । अहिलेसम्म एउटा मात्रै प्राविधिक प्रस्तावलाई हेर्दा त्यो समितिले चाहे अनुसार छैन । अन्य प्रस्तावहरु नपर्दा समितिको अध्ययन गराउने काम थप लम्बिने भएको हो ।

बीमा समिति आफैले अध्ययन गर्दा कमिकमजोरीहरु थाहा नहुने भन्दै स्वतन्त्र र विज्ञहरु मार्फत बीमा क्षेत्रको अध्ययन गर्न खोजेको हो । यसरी अध्ययन गर्दा बीमाको वास्तविकता थाहा हुने र सोही आधारमा  नीतिनियम बनाउन सजिलो पर्ने समितिले जनाएको छ ।

नेपालमा अध्ययन अनुसन्धान गर्ने व्यक्ति तथा संस्थाहरुको कमि हुँदा यस्तो अवस्था शिर्जना भएको हो । अध्ययन अनुसन्धानका लागि बीमा क्षेत्रमा लामो समय काम गरेकाले मात्रै सक्छन् । चार्टर्ड एकाउण्टेन्ट, एक्चुअरी, सर्भेयर लगायतले यस क्षेत्रको वास्तविक अध्ययन गर्न सक्छन् । गणित विज्ञान स्कुलले यस वर्षदेखि स्नातकोत्तर तहमा डाटा साइन्सको अध्यापन सुरु गरेको छ । यसबाट उत्पादन भएका जनशक्तिले पनि भोलिका दिनमा बीमा क्षेत्रमा राम्रो अध्ययन अनुसन्धान गर्न सक्छन् । तर अहिले नै प्रस्ताव हाल्ने व्यक्ति नहुँदा समितिले समय थप गरिरहनु परेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS