लक्ष्मी क्यापिटलको वार्षिक साधारण सभा आब्हान, के-के छन् प्रस्ताव ?

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले १३औं वार्षिक साधारण सभा असोज २४ गते गर्ने भएको छ । सभा लक्ष्मी बैंक लिमिटेड, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ४ करोड ५ लाख बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, प्रचलित कानून बमोजिम सञ्चालक सदस्यको नियुक्ति गर्ने एजेण्डा रहेको छ

साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार