IME Life

संविधान दिवसको अवसरमा दुईजना बीमकलाई प्रबल जन सेवा श्री पदक

SPIL
NIC ASIA

काठमाण्डौं । संविधान दिवसको अवसरमा राष्ट्रपतिको कार्यालयबाट विभूषित हुने नौ सय भन्दा बढीको सूचीमा बीमा सेवा क्षेत्रबाट दुईजना बहालवाला प्रमुख कार्यकारी अधिकृत चयनमा परेका छन् ।

मन्त्री परिषद्को सिफारिसमा शिखर इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तलाई प्रबल जन सेवा श्री पदकबाट सम्मान् गर्ने घोषणा गरिएको हो ।

Prabhu
Crest

२०६१ मंसिरमा संचालनमा आएको शिखर इन्स्योरेन्स कं. लि.मा शुरुमा महाप्रबन्धक पदमा कार्यरत पाण्डे २०७३ देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा  कार्यरत छन् । प्रमुख कार्यकारी पदमा शिखर इन्स्योरेन्समा यो उनको दोश्रो कार्यकाल हो । पाण्डेसँग बीमा क्षेत्रमा दुई दशकभन्दा लामो कार्य अनुभव रहेको छ। त्यसैगरी सुनिलबल्लभ पन्त २०७५ असोज २४ गतेदेखि एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी पदमा कार्यरत छन् । एनएलजी इन्स्योरेन्समा सहायक पदबाट बीमा क्षेत्रमा सेवा शुरु गरेका पन्तसँग दुई दशकभन्दा लामो कार्य अनुभव रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS